Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आईजिपी धिरज : अप्ठ्यारो अवस्थामा पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेर बिदा भए


आईजिपी धिरज : अप्ठ्यारो अवस्थामा पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेर बिदा भए

काठमाडौं । विषम परिस्थितीमा प्रहरी नेतृत्वमा पुगेका आइजिपी धिरजप्रताप सिंहले आफ्नो ११ महिने कार्यालय कुशलतापुर्वक निर्वाह गरेर बिदा भएका छन् ।

उनले ११ महिने कार्यकालमा प्रहरीमा के–के गरे ? कस्तो रह्यो उनको कार्यकाल ?

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले सफलतापूर्वक ११ महिना नेपाल प्रहरीको नेतृत्व गरेका छन् । शुक्रबार अवकाश पाएका सिंहले प्रहरी संगठनका लागि केही महत्वपूर्ण योगदान दिएका छन् । संगठनमा थोरै समयमा भए पनि सुधारको पहल गरेकाले उनको कार्यकाल उपलब्धिमुलक नै बन्न पुगेको छ ।

सिंह स्थानीय तहको निर्वाचनको मुखमा आइजीपी नियुक्त भएका थिए । आइजीपी नियुक्त हुनुभन्दा ३० दिनअघि मात्र उनी एआइजी बढुवा भएका थिए ।

उनकै ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा पहिले नै एआइजी भइसकेका थिए । त्यसकारण उनीहरुलाई नै आइजीपीको प्रमुख दाबेदार मानिएको थियो । तर, सुरक्षा निकायको सर्वाेच्च पदमा पुग्न भाग्यको पनि साथ चाहिन्छ भनिन्छ ।

कुनै समय आइजीपीको प्रतिस्पर्धाबाटै बाहिरिएका सिंहलाई भाग्यले साथ दियो र उनी नै नेपाल प्रहरीको २९औं आइजीपीमा नियुक्त भए । नियुक्त भएको दिनदेखि नै चुनौती झेलेका उनको कार्यकालको अन्तिम महिना उपलब्धिपूर्वक रहे ।

सुरुवाती तीन महिना मुद्दा झेल्दैमा बित्यो । आइजीपी बढुवाविरुद्ध एआइजी पोखरेल सर्वाेच्च अदालत गए । यद्यपि, असार महिनामा सर्वाेच्चले सरकारको निर्णय नै सदर गरेपछि उनलाई काम गर्न सहज वातावरण भएको थियो ।

सुरक्षाका दृष्टिकोणले ऐतिहासिक निर्वाचन

उनकै कार्यकालमा प्रहरीमा दुई वटा महत्वपूर्ण निर्वाचन सम्पन्न भयो । सुरक्षाका दृष्टिकोणले दुवै निर्वाचन ऐतिहासिक रहे । किनकि, एकैचरणमा निर्वाचन गर्दा पनि विगतमा जस्तो बुथ कब्जा तथा झडपका घटना न्यून भएका थिए । सिमित स्रोत साधनकाबीच प्रहरीले शान्तिपूर्णरुपमा स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरेको थियो ।

कतिसम्म भने प्रहरीसँग पर्याप्त सञ्चार साधन तथा पेस्तोलसमेत थिएनन् । नेपाली सेनासँग पेस्तोल सापट लिएर भए पनि प्रहरीले चुनाव गराएको थियो ।

अर्काेतर्फ विगतको निर्वाचनमा प्रहरीले सत्तापक्षलाई सघाएको आरोप लाग्ने गर्दथ्यो । यो पटक फाट्टफुट्ट घटना बाहेक प्रहरीको भूमिका निष्पक्ष नै देखियो ।

चुनावको दृष्टिकोणले प्रहरी नेतृत्व सफल बन्न पुग्यो । गृहमन्त्री बालकृष्ण खाण स्वयं रुपन्देहीबाट पराजित भए ।

सुरुवाती सरुवा केही विवादित बन्न पुग्यो । तत्कालीन गृह प्रशासनले सबै जसो महत्वपूर्ण जिल्लामा चलखेलका आधारमा आफु निकट व्यक्तिहरुलाई पठायो । खासगरी एसएसपी र एसपी सरुवा विवादित बन्न पुग्यो ।

डीएसपी र इन्सपेक्टर सरुवामा पनि गृहमन्त्री निकट बिचौलियाहरु हाबी भए । जसकारण चुनावको मुखमा प्रहरीमा निकै राजनीतिक हस्तक्षेप हुन पुग्यो ।

यद्यपि, निर्वाचनलगत्तै प्रहरीमा सुधार भयो । प्रहरी नेतृत्व बलियो भयो । सरुवा र बढुवामा राम्रा अधिकृतहरु नै पुरस्कृत भए ।

कतिसम्म भने डीआइजी र एसएसपीको सरुवा गर्दा सम्बन्धित अधिकारीले नै थाहा पाएनन् । जबकी राम्रो कार्यालयमा जानका लागि शक्तिकेन्द्रलाई खुशी बनाउनुपर्ने बाध्यता थियो ।

डीआइजीबाट एआइजी बढुवामा समेत आइजीपी नै शक्तिशाली देखिए । वरियताअनुसार नै उनकै सिफारिसमा पाँच सिनियर डीआइजीको विवादरहित बढुवा भयो ।

त्यस्तै, सरुवामा उनले मापदण्ड बनाएर कार्यान्वायन गरे । जसअनुसार एसपीको सरुवामा पहुँच नभएकाले पनि जिल्ला कमाण्ड गर्ने अवसर पाए । सरुवामा प्रहरी नेतृत्व बलियो हुँदा संगठनभित्रको अनुशासन पनि बलियो भने भने पुलिसिङमा त्यसको सुधार देखिएको छ ।

साथै गलत गर्ने प्रहरीमाथि पनि उनले कारबाही गर्न डराएनन् ।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको आडमा बुटवलमा आतंक मच्चाएका डीएसपी ठगबहादुर केसीलाई पक्राउ गर्न सीआइबीबाट बिशेष टोली पठाए । केसीको निवासबाट ३५ तोला सुन बरामद भयो । उनलाई तत्कालै निलम्बन गरे । गलत नियतले सो सुन राखेको भन्दै उनलाई भ्रष्टाचार मुद्दा चलाउन अख्तियारमा सिफारिस गरिएको छ ।

तस्करीमा मिलेमतो देखिएपछि पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेललाई त्यहाँबाट हटाएर कारबाहीमा गरियो । राम्रो कमान्ड गर्न नसक्ने बालाजु वृत्तका डीएसपी रबिन बिष्टलाई जिम्मेवारी मुक्त गराएर कारबाही गरिएको थियो । संगठनमा केही नीतिगत सुधारका काम पनि उनको कार्यकालमा भएको छ ।

साथै विभिन्न बैंक तथा फाउन्डेसनसँग मिलेर छात्रवृत्ति कोषहरु स्थापना गरिएको छ । यसले प्रहरी कर्मचारीको मनोबल बढाउने निश्चित छ । उनकै कार्यकालमा काभ्रेको पनौतीमा प्रहरी एकेडेमीको शिलान्यास भएको छ । नयाँ एफपियु मिसनका लागि एक तहको प्रक्रिया अघि बढेको छ ।

साथै अपराध अनुसन्धानमा पनि उनी सफल नै भए ।

म्याच फिक्सिङदेखि राजनीतिक संरक्षणमा भइरहेको आर्थिक अपराधको सफल अनुसन्धान भएको छ । उनको कार्यकालमा ठूला र संगठित प्रकृतीका अपराध भएनन् । तर, निर्मला पन्तको घटना भने उनको कार्यकालमा पनि पर्दाफास हुन सकेन । शान्ति सुरक्षा र अपराध अनुसन्धानमा पनि आइजिपी सफल नै भएका छन् ।

अर्काे महत्वपूर्ण विषय हरेक जसो आइजीपी यसअघि आर्थिक अनियमिततामा मुछिदै आएका थिए । चुनावको समय भएकाले प्रहरीले धेरै बजेट पनि पाएको थियो । तर, आइजीपी सिंह आर्थिक मामिलामा विवादमा मुछिएनन् । सार्वजनिक खरिद ऐनअनुसार नै काम गरेकाले पनि अनियमितताको बोझ उनले बोक्नु परेन ।

सुरुवाती महिना त्यति राम्रो हुन नसकेपनि पछिल्ला तीन महिनामा महानिरीक्षक सिंहले प्रहरीको मनोबल बढाउन सफल भएका छन् ।

जसकारण समग्रमा उनी सफल प्रहरी महानिरीक्षक बनेका छन् ।

घुमुवालाई लगाम लगाउने तयारी

प्रहरीमा आर्थिक अनियमितताको प्रमुख कारण घुमुवा प्रहरीको विकृतिलाई मानिन्छ । हाकिमको प्रिय घुमुवा प्रहरी सूचना संकलनका नाममा पैसा उठाउन परिचालन हुने गरेका छन् । घुमुवालाई पनि आइजीपी धिरज प्रताप सिंहले लगाम लगाउने प्रक्रिया अघि बढाएका छन् ।

सूचना संकलनका लागि सादा पोसाकमा खटिने प्रहरीको गैरव्यावसायिक गतिविधि रोक्न नयाँ कार्यविधि बनेको छ । असल चालचलन भएका प्रहरीलाई मात्र सादा पोसाकमा खटाउन लागिएको छ ।

तत्कालीन डीआइजी टेकप्रसाद राई नेतृत्वको एक अध्ययन समितिले यससम्बन्धि प्रतिवेदन बनाएर कार्यविधि संशोधनको सुझाव दिएको थियो । सोही आधारमा घुमुवा परिचालनलाई व्यवस्थित बनाउन लागिएको हो ।

जसमा पछिल्लो चार वर्षको ‘ट्रयाक रेकर्ड’ हेरेर असल चालचलन भएका कर्मचारीलाई मात्र सादा पोसाकमा खटाउने तयारी छ । सादा पोसाकमा खटाउनुअघि माथिल्ला निकायबाट त्यसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

जिल्ला प्रहरी कार्यालयले पहिला प्रदेश प्रहरी कार्यालयलाई त्यसबारे जानकारी गराएर स्वीकृति लिनुपर्ने हुन्छ । नियमन हुने र पारदर्शिता पनि हुने भएकाले यस्तो लागू गर्न लागिएको छ । हाल कार्यालय प्रमुखले आफूनिकटका प्रहरीलाई सादा पोसाकमा खटाउने गरेका छन् ।

सादा पोसाकमा खटिने कर्मचारीका कारण संगठन बदनाम नहोस् भनेर यसमा सुधार थालिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । प्रतिवेदनका आधारमा सादा पोसाकमा प्रहरी परिचालनसम्बन्धी कार्यविधि संशोधन गरिएको छ ।

सादा पोसाकमा कार्यरत प्रहरीहरू पटक–पटक आफैँ अपराधमा संलग्न हुँदै आएका छन् । घुमुवा प्रहरीसमेत भनिने उनीहरूका कारण प्रहरी बदनाम हुँदै आएको छ । सादा पोसाकमा प्रहरी परिचालनलाई व्यवस्थित बनाउन विगतमा धेरैपटक प्रयास भए पनि सफल हुन सकेको छैन ।

प्रहरीका हाकिमहरूले व्यक्तिगत स्वार्थका लागि सादा पोसाकका प्रहरीलाई परिचालन गर्दै आएका छन् । सूचनासँगै आर्थिक लेनदेनमा पनि संलग्न हुने कारण सादा पोशाकका प्रहरी विवादमा पर्ने गरेका छन् ।

एक प्रहरी अधिकारीका अनुसार खासगरी तराईका जिल्लामा घुमुवा विकृति धेरै छ । कतिपय कार्यालयमा १० वर्षदेखि एउटै प्रहरी घुमुवाका रूपमा कार्यरत छन् । जहाँ सरुवा भए पनि काज मिलाएर त्यहीँ बस्ने प्रवृत्ति छ ।

धेरैजसो हाकिमलाई आर्थिक संकलनका लागि इमानदारभन्दा पैसा उठाउन सक्ने प्रहरी चाहिने र उनीहरूले त्यस्तै खराब संगत भएका प्रहरीलाई रोज्ने गरेका छन् । कतिपय अवस्थामा आइजिपीले नै तराईमा घुमुवा खटाउने गरेको स्रोत बताउँछ ।

त्यस्ता प्रहरीकै कारण समग्रमा प्रहरीको इन्टेलिजेन्स बदनाम हुन पुगेको हो । घुमुवालाई सुधार गरे प्रहरीको छवी पनि सुधार हुने प्रहरी अधिकारी बताउँछन् । तर, कार्यान्वायन भने निकै चुनौतीपूर्ण छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh