काठमाडौं । सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश कुमार श्रेष्ठ सहित सशस्त्र प्रहरीका चार जना एसएसपीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा मा बढुवा गर्न सिफारिस गरेको छ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख) अनुसार बुधवार बसेको बढुवा समितिको बैठकले ४ जना एसएसपीलाई डीआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो।
सशस्त्रको साधारण समूह साधारण उपसमूहतर्फ ४ जना डिआइजीको पद रिक्त छ।
बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलका अनुसार रिक्त सो पदमा सुरेशकुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ।
हेनुहोस् नामावली :


















