लहान । सडक नियम उल्लंघन गर्ने जो कोही भए पनि निर्दयीताका साथ कानूनी कारबाही गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तबहादुर कुँवरले ८ वटै जिल्ला ट्राफिक प्रमुखहरु निर्देशन दिएका छन् ।

८ वटै जिल्ला ट्राफिक कार्यालयको निरीक्षण गर्दै कुँवरले कसैलाई पनि सहुलियताको सुविधा नदिन निर्देशन दिएका हुन् ।
सडकमा काम गरिरहेकोश ट्राफिक प्रहरी राष्ट्रिय/अन्तराष्ट्रिय जगतको निगरानीमा रहने भएको समेत स्मरण गराउँदै कुँवरले भने, ‘ट्राफिक प्रहरीको बोली, बचन, व्यवहार, अनुशासन र निष्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छविमै प्रभाव पार्छ । त्यसैले आफूलाई प्रहरीले संगठनको ऐनाका रूपमा प्रस्तुत गर्नुस् ।’
धुलो–धुँवा, घाम–पानी नभनी हरपल काममा खटिने ट्राफिक प्रहरीको एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने बताउँदै कुँवरले आर्थिक पक्षमा शून्य शहनशीलताको नीति अवलम्बन गर्न निर्देशन दिए ।
राम्रो काम गर्ने कर्मचारीहरूलाई नागरिकको सदैव साथ रहने समेत उनले बताए । ‘गलत क्रियाकलाप गरेमा कसैको समर्थन नहुने हुनाले नागरिकको समर्थन प्राप्त गर्ने गरी काम गर्नु’, उनले भने ।
सवारी नियम पालना नगर्ने सवारी चालकहरूले वर्षेनी करोडौं रकम जरिवाना तिर्दै आएका छन् । सवारी चालक अनुमति–पत्र नबोक्ने, गलत साइडमा सवारी साधन रोक्ने लगायतका नियमहरू उल्लंघन गर्दा चालकहरू कारबाहीमा पर्ने गरेका हुन् । २० दिनमामा मधेस प्रदेशको ८ वटै जिल्ला मा १९ हजार २ सय ७२ सवारी साधनलाई कारबाही गर्दा १ करोड ५६ लाख ३२ हजार राजस्व उठेको हो । सवारी नियम उल्लंघन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक छन् ।
प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तबहादुर कुँवरज्यूको कडा निर्देशन आएपछि ट्राफिक व्यवस्थापनमा ध्यान दिँदा राजस्व सवारी दुर्घटनामा न्यूनीकरणमा सहयोग र राजस्वमा समेत वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले बताए। सीमित जनशक्तिका बाबजुत नियमित जाँच, कारबाही र अनुगमन पनि बढाइएको श्रेष्ठले जानकारी दिए।
ट्राफिक व्यवस्थापनका लागि सचेतना अभियान पनि सञ्चालन गरिएको निरीक्षक श्रेष्ठले जानकारी दिए। उनले भने, ‘ट्राफिक नियम पालना नगर्ने र अनियमितता बढ्न थालेपछि हामीले सिरहाका मुख्य मुख्य बजार क्षेत्रमा एक हप्ता सिटी सफारी भाडामा लिएर माइकिङ् गरी ट्राफिक नियमबारे सचेतना अभियान सञ्चालन गर्यौं। त्यति गर्दा पनि अटेर गर्ने सवारी साधनमाथि कारबाही गरेका हौँ।’ कारबाहीमा कडाइ गर्न थालेपछि सवारी दुर्घटना पनि कम भएको उनले बताए।
लाइसेन्स, ब्ल्यु बुकबिनै हिँड्ने, जथाभाबी बाटो काट्ने, हेल्मेट नलगाई चलाउने, नियम पालना नगर्नेजस्ता क्रियाकलाप धेरै हुने गरेको श्रेष्ठले बताए। त्यसपछि अनियमितता गर्नेमा ट्रक, रातो प्लेटका पिकअप जिपलगायत रहेको उनले बताए।
व्यवस्थित पार्किङ नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या रहेको बताउँछन् श्रेष्ठ। ‘मुख्य बजारी क्षेत्रमा अव्यवस्थित पार्किङले दुर्घटना बढाएको छ। त्यसैगरी किसानले बजारखण्डका मुख्य गरी लहान, गोलबजार, मिर्चैयाका सडक पेटीमा तरकारी बेच्न राख्ने हुनाले सवारी आवतजावतमा समस्या रहेको छ,’ उनले भने।
बजारी क्षेत्र तथा राजमार्गमा हुने दुर्घटनामा न्यूनीकरणका लागि ट्राफिकले जनप्रतिनिधि र व्यवसायीसँग समन्वयात्मक कार्यक्रम गरिरहेको पनि प्रमुख श्रेष्ठले जानकारी दिए।

















