नयाँदिल्ली । भारत ओडिसा राज्यका एक मन्त्रीलाई प्रहरीले नै गोली हानी हत्या गरेका छन् ।ओडिसा राज्याको झारसुगुडा जिल्ला पुगेका स्वास्थ्य मन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन् ।

मन्त्री दास एक सार्वजनिक कार्यक्रममा भाग लिन त्यहाँ पुगेका थिए ।उनलाई गाडीबाट ओर्लने वित्तिकै प्रहरीले असिस्टेन्ट सबइन्स्पेक्टर दासेले गोली हानेको बुझिएको छ ।गोली प्रहार लगत्तै मन्त्रीलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो ।
तर उनको उपचारकै क्रममा निधन भएको थियो ।गोली हान्ने प्रहरीलाई पक्राउ गरि अनुसन्धान थालिएको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !