काठमाडौं । सर्वाेच्च अदालतको फैसलासँगै सबै पद गुमाएका रवि लामिछानेले सर्वोच्चको फैसलालाई स्वागत गर्ने बताएका छन् ।सांसद पद खारेज भएसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका लामिछानेले मन्त्रालयबाट बाहिरिने क्रममा आफू अदालतको फैसलालाई स्वागत गर्ने बताएका हुन् ।

सञ्चारर्मीसँग उनले भने, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’सञ्चारकर्मीले लामिछानेलाई सर्वाेच्चको आदेशपछि ‘अब के गर्नुहुन्छ’ भन्दै प्रश्न गरेका थिए । प्रश्नको जवाफमा लामिछानेले भने, ‘एउटा अनागारिकलाई किन प्रश्न गरिरहनुभएको छ।….अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु।
पार्टीको सभापति रहिँन, म केही पनि होइन, म कहिँको पनि होइन।…एउटा परिचय नभएको अनागरिकलाई किन प्रश्न गरिरहनुभएको छ।’

















