काठमाडौं । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) बसन्त बहादुर कुँवर कार्यालयमा हाजिर भएर कार्यालयको पदभार ग्रहण गरेका छन ।

नेपाल सरकार गृह मन्त्रालय ( मन्त्रिस्तर) को यही पौष २९ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, कार्य निर्देशनालय नक्साल काठमाण्डौबाट यस कार्यालयमा पदस्थापना भएका प्रहरी नायव महानिरीक्षक कुँवरले आजै कार्यभार सम्हालेका हुन ।

बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरि सफलता हसिल गरेका छन । यसै गरी उनले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा हाजिर भए पश्चात उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया !