काठमाडौं । झापा प्रहरीले भद्रपुर नगरपालिका–५ मेचिकिनार काँसघारीबाट भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको सामान नियन्त्रणमा लिएको छ ।
मंगलबार बेलुका वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४० हजार बराबरको साडी नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाइने बताएको छ ।
त्यस्तै, मंगलबार नै झापाको मेचीनगर नगरपालिका–७ इट्टाभट्टा चोकमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ३२ हजार रुपैयाँको किराना सामानहरु नियन्त्रणमा लिएको छ ।यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !