काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा नेकपा एमालेका नेता डा. भीम रावलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन्। सामाजिक सञ्जालमार्फत रावलले राजनीतिक नैतिकता गुमेको व्यक्तिबाट कानूनको सम्मान नहुने बताउँदै उनले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठाएका छन्।

उनले अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्नु सुशासनका लागि व्यङ्ग्य रहेको समेत उल्लेख गरे। उनले लेखेका छन्, ‘विदेशी नागरिकता लिएर मुग्लान पसेको र सँगै कानून विपरीत नेपालको नागरिकता पनि कायमै राखेको भन्ने विषयमा अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्ने, बनाउनेले सुशासनका कुरा गर्नु आफैमा व्यङ्ग्य हो।
राजनीतिक नैतिकता गुमेको अवस्थामा कानूनको सम्मान हुने कुरा टाढाको विषय हुन्।’

फेसबुकबाट तपाईको प्रतिक्रिया !