चितवन । होटल व्यवसायी महासंघ नेपालको अध्यक्ष दिनेशकुमार चुके चुनिएका छन् । चितवनको भरतपुरमा सम्पन्न १०औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट नारायणगढमा होटल गंगोत्री सञ्चालन गर्दै आएका दिनेशकुमार निर्वाचित भएका हुन् ।

यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन (संगठन) उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती निर्वाचित भएका छन् ।
यसैगरी उपाध्यक्षमा गोरखाका भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की र देवी गौतम, महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश महोत्रा निर्वाचित भएका छन् ।
अधिवेशनबाट सचिवमा राजु अधिकारी, कमलबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्रप्रसाद ढकाल, कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदीपकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

















