सप्तरी । लेनदेन मुद्दाका फरार प्रतिवादी सुरूगां नगरपालिका-१ बस्ने ६४ वर्षीय पुष्कल बहादुर बुर्जा मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सप्तरीको २०७६ माघ १९ गतेको फैसलाले लेनदेन मुद्दामा १ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सप्तरीमा पेश गरिएकोमा अदालतको आदेश कैद भुक्तानका लागि सप्तरी कारागार पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !