काठमाडौँ । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा ४ जना घाइते भएका छन् । बुधबार बिहान अनेरास्ववियुनिकट विद्यार्थीहरूबीच नै आफसी झगडा हुँदा झडप भएको क्याम्पस प्रशासनले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार झडपमा घाइतेलाई उपचारका लागि काठमाडौं मोडेल अस्पताल लगिएको छ ।झडपका क्रममा खुकुरीसमेत प्रहार भएको बताइएको छ ।
घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसपी मैनालेले बताए ।झडपमा अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष मदन भण्डारीसहित ४ जना घाइते भएका छन् । क्याम्पस कमिटीको सम्मेलनलाई लिएर विवाद हुँदा अनेरास्ववियुकै दुई गुटबीच झडप भएको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !