काठमाडौं । बैंकिङ्ग कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–१ घर भएका श्रीकृष्ण कार्की छन् ।

उच्च अदालत पाटनले २०७७ पुस २८ मा कार्कीलाई ११ लाख ९५ हजार जरिवाना र ७ दिन कैद सजाय हुने फैसला गरेको थियो ।
फैसलापछि फरार कार्कीलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

















