Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पहाडका तराई , तराईका पहाड
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको सरूवा नीति

पहाडका तराई , तराईका पहाडसशस्त्र प्रहरी महानिरीक्षक अर्यालको सरूवा नीति

काठमाडौ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पहिलोपटक हजारौंको संख्यामा तल्लो तहका प्रहरीको सरूवा नीति बनाएर गरेको सरूवाले संगठन भित्र र बाहिर ठूलो हलचल पैदा भएको छ । केही बर्ष यता तराईका जिल्लाहरूमा कार्यालय प्रमुखले घुमुवा परिचालन गरि रकम उठाउने , घुमुवाहरू नै तस्करीमा संलग्न हुने , तस्करी गराउने र घुष लिदै गर्दा अख्तियारले रंगेहात पक्राउ गर्ने जस्ता घटना बढ्दै जान थालेपछि सशस्त्र प्रहरी बलको बदनाम हुदै आएको थियो ।

राजनीतिक दबाब र संगठन भित्र र बाहिरबाट आउने साेर्सफाेर्स र आर्थिक लेनदेनका आधारमा तराईका बढी तस्करी हुने र अतिरिक्त कमाई हुने जिल्लामा सरूवा हुनका लागि धेरै दबाब सशस्त्र प्रहरी महानिरीक्षकलाई हुदै आएको थियो । जागिरे भएको दिन देखि तराईका जिल्ला नछाड्ने र तराईमा घर भएकालाई अहिले पहाडी जिल्लामा सरूवा गरेर सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले साहसिक काम त गरेका छन् ।पहाडी जिल्लामा कार्यरतलाई तराईका जिल्लामा सरूवा समेत गरिएको छ ।

सरूवा भएकाहरू दरबन्दीमा जान्छन् जादैनन र फेरि कति काजमा फर्कन्छन फर्कदैनन त्यो भने हेर्न बांकी नै छ । सशस्त्र प्रहरी बल, नेपालले मंगलबार एकै पटक ८ हजार ३ सय ८८ जवानको सरुवा गरेको छ । जवानले राजेको प्राथमिकता अनुसार तीन वटा युनिटमध्ये एकमा सरुवा गराइएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ ।

सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको बताइएको छ ।सीमावर्ती इलाकाका युनिटहरुमा लामो समय दरबन्दी भएका जवानहरुलाई सीमा ईलाका बाहेक अन्यत्र सरुवा गरिएको छ । सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाई शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा सशस्त्र प्रहरी बलले जनाएको छ ।

मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ । घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ ।विगतदेखिकै सरुवा सम्बन्धी गुनासोलाई सम्बोधन गर्दै दम्पत्तिलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ ।

मुख्यालयले फारम भराएर जवानहरुको ईच्छा अनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलो पटक भएको सशस्त्र प्रहरी बलको दाबी छ ।यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवा सम्बन्धी गुनासो समेत कम हुँदै जाने विश्वास मुख्यालयले लिएको भनिएको छ । बिल्लादार तथा जुनियर अधिकृतसम्म पनि जवानको सरुवाको मापदण्ड र तरिका अपनाएर क्रमशः सरुवा गरिने सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रबहादुर थापाले बताए ।

दरबन्दी थप प्रस्ताव अर्थमा सशस्त्रले जनशक्ति अभाव देखाउँदै दरबन्दी थप गर्नुपर्ने प्रस्ताव एक महिनाअघि नै पठाएको छ। बोर्डर आउट पोस्ट (बीओपी) र विभिन्न युनिटहरु थपिँदै जाने तर जनशक्ति थप नहुँदा समस्या हुने गरेको भन्दै सशस्त्रले ४ हजार २ सय दरबन्दी थप गर्नुपर्ने प्रस्ताव गृहमा अघि बढाएको हो। सशस्त्र हेडक्वाटरले सशस्त्रका युनिटहरु र त्यहाँ हुनुपर्ने जनशक्तिबारे अध्ययन गरेको थियो। सो क्रममा अहिलेकै युनिटहरुका लागि ६ हजार ५ सयभन्दा बढी दरबन्दी आवश्यक रहेको औंल्याइएको थियो।

आवश्यक रहेको सबै दरबन्दी एकै पटक थप गर्न गाह्रो हुने भन्दै ४ हजार २ सय दरबन्दी तत्काल थप गर्न सशस्त्र हेडक्वाटरले प्रक्रिया अघि बढाएको हो । गृहले उक्त प्रस्तावमा सहमति जनाउँदै दरबन्दी थप गर्नुपर्ने प्रस्ताव अहिले अर्थ मन्त्रालयमा पुगेको छ। दरबन्दी थपको विषयलाई सशस्त्र हेडक्वाटरले वृत्ति विकासको रुपमा समेत लिएको छ। सशस्त्र प्रहरी निरीक्षकमा ठूलो संख्यामा भर्ना हुने तर माथिल्लो पदको दरबन्दी भने न्यून हुँदा वृत्ति विकासमै असर परेकाले माथिल्लो पदहरुको दरबन्दी पनि थप गर्नुपर्ने सशस्त्र प्रहरीको राय छ।

माथिल्लो पदको दरबन्दी कम हुँदा प्रहरी निरीक्षकमा भर्ना भएको १८ वर्ष पुग्दा बल्ल डीएसपी हुनुपर्ने अवस्था सशस्त्र प्रहरीमा छ। माथिल्ला पदहरुमा हुने बढुवाको जाम र आवश्यक जनशक्तिलाई मध्यनजर गरेर दरबन्दी थपको प्रस्ताव गरिएको हो । गत वैशाख १८ गते राजु अर्याल सशस्त्र प्रहरी प्रमुखमा नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम एआईजीमा बढुवा भएपछि तीन डीआईजी पद रिक्त छ।

त्यसपछि गत भदौ ६ गते एआईजीको दरबन्दी थप वंशीराज दाहाललाई एआईजीमा बढुवा गरेपछि चार डीआईजीको दरबन्दी रिक्त छ । तर अहिलेसम्म डीआईजी बढुवाको प्रक्रिया अघि बढ्न सकेको छैन। सिं सं. १ दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनीकुमार पोख्रेल, दीपक अधिकारीलगायत डीआईजी बढुवाका प्रतिस्पर्धी छन्। सि सं. २ का दीपेन्द्र कुँवर समेत डीआईजी बढुवाको प्रतिस्पर्धी छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh