काठमाडौं । महायिभयोग प्रस्ताव संसदमा दर्ता भएपपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बुधबार सर्वाेच्च्मा हाजिर हुन आउने गाइँ गुई चल्यो । यसकै एउटा कारण थियो संसद ससचिवालयले महाभियोग प्रस्ताव निस्प्रभावी (औचित्यहीन) भएको पत्र सर्वाेच्चलाई पठाउनु ।

मंसिसर २७ गते स्वतः अवकारमा जान लागेका राणालाई एका एक संसद सचिवालयले किन पत्र लेख्यो भन्ने प्रश्न सर्वत्र उठेको छ । स जनताको सर्वाेच्च निकाय संसदको चुनाव भएर त्यष्सले पूर्णता पाउन लाग्दा किन राणाको प्रस्ताव फुकुवा हुने खालको पत्र सर्वाेच्चमा गयो यो भने अनेक प्रश्न उठेको छ । संसद सचिवालयले अघिल्लो संसदको प्रसताव अब आउने संसदमा नसर्ने उल्लेख गरेको छ ।
यसरी संसद सचिवालयको पत्र बुधबार सर्वाेच्च पुगेपछि सर्वोच्च अदालतको पूर्ण बैठक बसिरहेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको संसद सचिवालयको पत्रपछि सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको हो ।
गत १ फागुनमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको बुधबार संघीय संसद सचिवालयले जबरासहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ ।
उक्त प्राप्त गरेका जबरा बुधबार नै सर्वोच्च अदालत हाजिर हुन आउने चर्चा चलिरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बसेको हो । यसैबीच, संसद सचिवालयले प्रस्ताव ट्रान्सफर’ हुने व्यवस्था नरहेको जनाएको छ । अघिल्लो प्रतिनिभिसभामा दर्ता भएको प्रस्ताव अर्को प्रतिनिधिसभा ट्रान्सफर’ हुने व्यवस्था नरहेको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । जसकारण जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको उनको भनाइ छ ।
बार फेरि धर्नामा
यसैबीच संसद चिवालयले लेखेको पत्र विादमा परेको छ । सप्रस्ताव टान्सफर नहुने आसससयको सो पत्रले बिवाद आएको भन्दै बार विरोधमा उत्रिएको हो । प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत आउने भएपछि नेपाल बार एशोसिएसनले सर्वोच्चको गेटमै धर्ना थालेको छ ।
बुधबार संसद् सचिवालयले प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि जबरा सर्वोच्च फर्किने तयारीमा छन् ।
राणाको उक्त तयारीसँगै कानून व्यवसायीहरूले सर्वोच्चमा धर्ना थालेका हुन् । धर्नामा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत सहभागी छन् ।

















