लहान । हत्या अभियोगमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा बरियारपट्टी गाउँपालिका वडा नम्बर –१ बडहरी टोलका ४८ वर्षीय दीपु भन्ने दीपेन्द्रकुमार यादव र सोही स्थानका ४२ वर्षीय अजयकुमार साह छन्।

बरियारपट्टी गाउँपालिका–१ नरगी टोलका ३२ वर्षीय रामशंकर यादवको हत्या गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार मंसिर ९ गते बडहरी टोलस्थित नरगी-बडहरी सडकखण्डमा जिल्ला रामशंकरको शव फेला परेको थियो। घटनाको प्रारम्भिक अनुसन्धानमा दीपेन्द्र र अजयले उनको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।
पक्राउ परेका उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गराएर थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए।

















