Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चुनौतिलाई सामना गरेर निर्वाचनमा यसरी सफल भए आईजिपी धिरजप्रताप सिंह

चुनौतिलाई सामना गरेर निर्वाचनमा यसरी सफल भए आईजिपी धिरजप्रताप सिंह

काठमाडौं । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको दोस्रो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद सुरक्षा निकायले शान्तिपूर्ण र विवादरहित रूपमा सम्पन्न भएको छ। छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

स्थानीय तहको निर्वाचन : मतदानको १२ दिनअघि मात्र नियुक्त भएका नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह पहिलो परीक्षामा यसरी सफल भएका थिए ।

धिरज प्रताप सिंह नेपाल प्रहरीका २९ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई वि. सं २०७९ बैशाख १८ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो ।

यसअघि गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

प्रहरी महानिरीक्षकमा नियुक्त भएकै महिना निर्वाचन सुरक्षाको जिम्मा धिरजप्रताप सिंहको काँधमा आयो। उनले त्यसलाई कुशलतापूर्वक सम्हाले र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरी संगठन प्रमुखको रूपमा उल्लेख्य भूमिका खेले।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको मुख्य श्रेय नेपाल प्रहरीलाई जान्छ। निर्वाचन सुरक्षाको पहिलो घेरामा रहेर प्रहरीले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन अहम् भूमिका खेलेको छ। प्रहरीको बलियो सुरक्षा योजना रणनीतिका कारण नै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्भव भएको हो। यसमा नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको पनि भूमिका छ।

२०७४ को आमनिर्वाचन दुई चरणमा हुँदा सुरक्षा चुनौती केही कम थियो। तर, यसपटक देशभर एकैचरणमा निर्वाचन भएकाले प्रहरीलाई सुरक्षा चुनौती थपिएको थियो। यद्यपि निर्वाचन सुरक्षाको फ्रन्टलाइनरको जिम्मेवारीमा रहेको नेपाल प्रहरीले शान्तिपूर्ण रूपमा निर्वाचन गराउन सफल भयो। सीमित स्रोत साधनका बाबजुद निर्वाचन सफल बनाउन प्रहरीले खेलेको भूमिका प्रशंसनीय छ।

प्रहरी महानिरीक्षक सिंहको निरन्तर आदेश–निर्देशनले निर्वाचन सुरक्षार्थ खटिएका प्रहरीलाई आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ पूरा गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

ठूलो सुरक्षा चुनौतीका बीच स्थानीय र संसदीय निर्वाचन दुवै शान्तिपूर्ण रूपमा सम्पन्न गराएर महानिरीक्षक सिंहले प्रहरी संगठनलाई अब्बल सावित गरेका छन्।

को हुन प्रहरी महानिरीक्षक सिंह ?

नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७९ बैशाख १८ गते को निर्णय अनुसार नेपाल प्रहरीको सर्वोच्च पदमा उहाँ नियुक्त भएका हुन् ।

बिक्रम संवत् ( बि.स. ) २०२४ साल कार्तिक २० गते बुवा भैरब बहादुर सिंह र आमा सीता सिंहको कोखबाट साबिक बिजौरी ३ दैलेखमा जन्मिनुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहकि धर्मपत्नी एक छोरी र एक छोरा हुनुहुन्छ ।

दैलेखबाट उनको परिवार बाँकेको नेपालगञ्जमा बसाईं सरेको थियो । धिरज प्रताप सिंहको बाल्यकाल नेपालगञ्जमा बित्यो ।

उहाँले श्री नारायण माध्यमिक विधालय नेपालगन्जबाट माध्यमिक शिक्षा हासिल गर्नु भइ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट मानविकि तथा समाजशास्त्रमा प्रविणता प्रमाणपत्र तह ठाकुर बहुमुखी क्याम्पस बिरगंजबाट कानुनमा स्थानक हुँदा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट राजनीतिक शास्त्रमा स्थानक गर्नु भएको छ ।

फुटबल खेल्दाखेल्दै प्रहरीमा प्रवेश

‘फुटवल खेल्दाखेल्दै प्रहरीमा आकर्षित भएँ’ जनप्रभावसँग कुरा गर्दै सिंहले भने–‘नेपालगञ्जमा प्रहरी व्यायामशाला थियो, त्यहाँ खेल्दाखेल्दै मेरो आकर्ष प्रहरीमा बढ्यो ।’

खेलप्रति लगाव र नेपालगञ्जमा स्कुल नजिकै रहेको प्रहरी व्यायामशालाले उनलाई प्रहरीको बर्दीले तान्यो । फुटबलमा प्रहरीको टिमसँगको प्रतिस्पर्धाले पनि उनी प्रहरीको बर्दीमा आकर्षित भएका हुन् ।

सिंहले बिक्रम संवत् ( बि.स. ) २०४९ साल चैत ११ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको हो ।

सिंहले तत्कालीन सुदुर् पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय धनगढी कैलालीबाट प्रहरी निरीक्षकको रुपमा सेवा सुरु गर्नु भइ तोकिएको जिम्मेवारी बहन गर्ने क्रममा विभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत रहि प्रहरी सेवाका विभिन्न क्षेत्रका व्यावसायिक ज्ञान तथा अनुभव हासिल गर्नुभएको थियो ।

प्रहरी निरीक्षकबाट २०६२ साल जेठ २२ गते प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए ।

सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) छँदा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरेका थिए।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छँदा उनले तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा (हालको उपत्यका अपराध अनुसन्धान कार्यालय)को नेतृत्व गरेका थिए। एसपी छँदा उनले पर्सा र दाङको नेतृत्व गरेका थिए।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव भएको हो। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको थियो।

मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको थियो।

मतदानका क्रममा थुप्रै ठाउँमा झडप भएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपर्‍याे। ७ जिल्लाका २४ मतदानस्थलमा मतदानका क्रममा विवाद भएपछि उत्पन्न स्थिति नियन्त्रणका लागि उक्त १३७ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ।

चितवनमा १, दार्जुलामा ३, रौतहटमा ३, बाजुरामा ७६, दोलखामा २९, सिराहामा ३ र हुम्लामा २२ राउण्ड हवाई फायर भएको हो।

यी विविध सुरक्षा चुनौतीका बीच स्थितिलाई नियन्त्रणमा लिँदै प्रहरीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको हो।

निर्वाचनमा झण्डै तीन लाख सुरक्षाकर्मी परिचालन भएका छन्। त्यसमा नेपाल प्रहरीका मात्र ७१ हजार छ सय ९३ जनशक्ति छन्। साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिएको छ। नेपाली सेनाले विगतकै हाराहारीमा ७१ हजार जनशक्ति खटाएको छ। सशस्त्र प्रहरीले भने ३५ हजार जनशक्ति परिचालन गरेको छ।

राष्ट्रिय अनुसन्धान विभागका दुई हजार बढी परिचालन भएका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh