सिरहा । सिरहा क्षेत्र नम्बर – २ को नवराजपुर गाउँपालिका वडा नम्बर -५ झाझपट्टी गाउँमा शुक्रबार राति पैसा बाड्ने लागेको आरोपमा प्रहरीले जनता समाजवादी पार्टी ( जसपा ) का कार्यकर्ता विनोद यादवलाई करिब तीन लाख रुपैयाँ सहित पक्राउ गरेको छ।
गाउँमा राति करिब ११ बजे सब सुतिरहदा जसपाका विनोद यादवले पैसा बाड्दै गर्ने क्रममा पक्राउ परेका छन। यसले गर्दा सिराहा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपाल ( जसपा ) कमजोर बनेको देखिएको छ।
आउँदो आइतबार अर्थात मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि सिराहा क्षेत्र -२ बाट जसपा नेता राजकिशोर यादव चुनाव जित्न यतिबेला हरेक जुक्ति लगाउन थालेका छन।
यो सँगै सिरहा क्षेत्र -२ लाई नेपाली काङ्ग्रेस जड मान्दै गएकोले नेपाली काङ्ग्रेसकी नेतृ चित्रलेखा यादवको विजयी सुनिश्चित हुने क्षेत्र नम्बर २ का मतदाताहरुले आआफ्नो प्रतिक्रिया दिइएका छन।
फेसबुकबाट तपाईको प्रतिक्रिया !