काठमाडौं । नेपाल बार एसाेसिएसनले बोलाएको आकस्मिक बैठक सकिएको छ । सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभाकाे कार्यकाल सकिएपछि आफूविरुद्धको महाभियोग स्वत: निष्क्रिय भएको भन्दै अदालत फर्किने तयारी गरेपछि बारले उपलब्ध पदाधिकारीबीच आकस्मिक बैठक डाकेको थियो ।
अनौपचारिक रूपमा बोलाइएको बैठकमा पछिल्लो घटनाक्रमको विषयमा पदाधिकारीलाई जानकारी गराइएको बारकी महासचिव अन्जिता खनालले बताइन् । ‘उहाँ फर्कने कुरा आएपछि हामीले जानकारी गराएका छौँ’, खनालले भनिन् ।
उनले जबरा अदालतत फर्किन खोजे त्यसको विरुद्धमा बार लाग्ने बताइन् । ‘कानुन मिचेर उहाँ फकिर्नु हुने छैन । फर्किन पनि मिल्दैन । फर्किएमा भने हामीले प्रतिकार गर्नेछौँ’, खनालले भनिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !