
आलोक यादव / काठमाडौं । धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रमुखका रुपमा जिम्मेबारी सम्हालेको साउन २६ गते सय दिन पुग्दैछ । यो अवधिमा सिंहको नेतृत्व आइसकेपछि नेपाल प्रहरीले कयौं महत्वपूर्ण उपलब्धीहरु पनि हासिल गरेको छ ।

१०० दिनको अवधिमा प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहको कार्यकालमा के कस्ता कामहरु भए ? केही महत्वपूर्ण उपलब्धीहरुलाई खसोखासले लिपीबद्ध गर्ने प्रयास गरेको छ ।

१. सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद सुरक्षा निकायले शान्तिपूर्ण र विवादरहित रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न गराएका छन् । तुलनात्मक रुपमा यो वर्षको निर्वाचनमा हिंसात्मक घटना न्यून भएको र नेपाल प्रहरीको भूमिका पनि प्रभावकारी देखिएको छ ।

मतदानको क्रममा समस्या भएका केही मतदानस्थलमा पनि सुरक्षा निकायभन्दा दलका कार्यकर्ताको अराजकता र उच्छृङखल व्यवहार प्रमुख कारण बनेको थियो । स्थानीय पार्टीका कार्यकर्ताबीचको झडपका कारण कतिपय स्थानमा पुन मतदान गर्नु पर्यो ।
मतदानको १२ दिनअघि मात्र नियुक्त भएका नेपाल प्रहरीका महानिरीक्षक ( आईजीपी ) धीरजप्रताप सिंह पहिलो परीक्षामा सफल भएका छन् । जिम्मेवारी पाएलगत्तै एकै चरणमा देशभरी निर्वाचन गराउनुपर्ने जिम्मेवारी उनको थियो ।
देशभरी एकै चरणमा निर्वाचन हुनु र छिटपुट घटना मात्र हुनुले सुरक्षाको दृष्टिकोणमा यो निर्वाचन निकै सफल भएको प्रहरी अधिकारी बताउँछन् ।
एकै चरणमा निर्वाचन गराउँदा जनशक्ति कम हुने र सुरक्षामा समस्या आउन सक्ने प्रहरी अधिकारीको चिन्ता थियो । अर्काेतर्फ सुरक्षा निकायलाई विगतमा दिइएका सुविधासमेत यसपटक कटौती गरिएको थियो । यस्तो अवस्थामा पनि न्यून जनशक्तिले उत्कृष्ट काम गरेर जिम्मेवारी निर्वाह गरेको छन् ।
सेनासँग हतियार सापट
निर्वाचनको तयारीमा प्रहरीको अवस्था कति दयनीय थियो भन्ने कुरा पर्याप्त हतियार र सञ्चारसेट समेत थिएन । तर, भएको स्रोत साधन प्रहरीले अधिकतम सदुपयोग गरेर निर्वाचन सम्पन्न गराएको छ ।
सरकारले समयमै बजेट दिएर हतियार खरिद गर्न नसकेपछि यो निर्वाचनमा प्रहरीले नेपाली सेनासँग साना हतियार सापट लियो । मतदानस्थलमा खटिने अफिसरसँग पेस्तोल नै नपुग्ने भएपछि निर्वाचनको दुई दिनअघि प्रहरीले सेनासँग हतियार सापट लिएको थियो ।
त्यस्तै, सञ्चार सेट पनि प्रहरीसँग पर्याप्त थिएन । पुराना सञ्चार सेट मर्मत गरेर प्रहरीले चलाएको थियो । त्यो पनि पर्याप्त नभएपनि कतिपय मतदानस्थलमा खटिएका प्रहरी मोबाइलको भरमा थिए । जसकारण कतिपय मतदानस्थल कब्जा हुनसक्ने समेत जोखिम आँकलन गरिएको थियो । तर, त्यस्तो घटना भने भनए ।
विगतका निर्वाचनमा जस्तो निर्वाचन विरोधी समूह सक्रिय नभएकाले पनि यसपटक शान्तिपूर्ण भएको प्रहरीको विश्लेषण छ । यसपटक दलका कार्यकर्ताबीच भएका झडप नै प्रमुख सुरक्षा चुनौती थिए । खासगरी पहाडी जिल्ला र तराईमा यस्ता झडप भए ।
एउटा सुखद् अवस्था के छ भने काठमाडौं उपत्यकामा एउटा पनि झडपको घटना भएन । निर्वाचनका क्रममा कुनै समस्या पनि सुरक्षा निकायले झेल्नुपरेन । अन्य शहरी क्षेत्रमा पनि झडपका घटना कम गएका छन् । यसले निर्वाचन प्रणालीमा आएको सुधारको समेत संकेत गर्दछ ।
२. यो अवधिमा १ करोड ७१ लाख ४५ हजार ५३० मुल्य बराबरको अवैध सुन र ५७ लाख ८० हजार ५१५ रुपैया मुल्य बराबरको अबैध चाँदी बरामद भएको छ । सुन र चाँदी तस्करहरुका लागि स्वर्ग बन्दै आएको नेपालमा तस्करीको सुन र चाँदी बरामद हुन थालेपछि तस्करहरुको मनोवल गिरेको छ ।

३ . धिरज प्रताप सिंह नेतृत्वमा आइसकेपछि प्रहरीले १ सय एक थान साना ठूला अवैध हतियार बरामद गरेको छ । विभिन्न अपराधका लागि प्रयोग हुने त्यस्ता हतियारका साथमा सयौं राउण्ड गोली समेत बरामद गरिएको छ । साथमा ९७ जना संलग्न व्यक्तिलाई समेत पक्राउ गरिएको छ । यदि यी हतियार र संलग्नहरुलाई पक्राउ गर्न प्रहरी सक्षम नभएको भए अपराधीहरुले त्यस्ता हतियारहरु अपराधकर्ममा लगाउने निश्चित थियो ।

४. आपराधिक क्रियाकलाप नियन्त्रणमा नेपाल प्रहरी सफल देखिएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा भएका विभिन्न प्रकृतिका अपराधमा संलग्न प्रतिवादी पक्राउ, कैद भुक्तान, जरिवाना असुल, दर्ता भएका मुद्दा फर्स्योटलगायतले आपराधिक क्रियाकलाप न्यूनीकरणमा प्रहरीको कार्य सफल देखाएको हो। ९ हजार ४ सय ७० प्रतिवादीलाई पक्राउ गरि ८५ करोड ५८ लाख ६४ हजार ३ सय ९६ हजार रुपैयाँ जरिवाना तिराउन प्रहरी सफल देखिएको छ ।
यो अवधिमा लामो समयदेखि फरार ९ हजार ४ सय ७० जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । यसअगाडि उनीहरु अपराध गरेर खुलेआम घुम्दै आएका थिए । जसका कारण अपराधीहरुको मनोवल बढेको थियो । तर लामो समयदेखि फरार रहेका उनीहरु पक्राउ पर्नुले अपराधीहरुको मनोवललाई कमजोर बनाएको छ ।

५. लागु औषध नियन्त्रणमा पनि प्रहरीले राम्रै सफलता हासिल गरेको छ । यो अवधिमा झण्डै ४१ सय ८१ किलो गाँजा, ३५ किलो चरेस, ६७ किलो हेरोइन, २५ किलो अफिम बरामद गरेको छ भने त्यसमा संलग्न १५६६ जनालाई पक्राउ गरेको छ । १०३२ जनाबिरुद्ध मुद्दा समेत दायर गरिएको छ । यसरी लागु औषध नियन्त्रणमा प्रहरीले हासिल गरेको सफलता साँच्ची प्रशंसनीय रहेको छ । यही अवधिमा प्रहरीले लाखौं लिटर मदिरा नष्ट गरेको छ । यस्तो मदिराबाट कैयनको ज्यान समेत जाने गरेकोमा प्रहरीको यो सकृयताले कैयनको ज्यान बचेको छ ।

६. प्रहरीले विभिन्न अपराधमा संलग्न, शंकित र अभियुक्त अपराधीहरुको खोजतलासका निम्ति इन्टरपोल मार्फत ८ वटा रेड नोटिस र २ वटा एल्लो नोटिस जारी गरेको छ ।

७. विदेशी उच्चपदस्थ पाहुनाहरु नेपाल भ्रमणमा आउँदा कुनै अप्रिय घटना हुन नदिई शान्ति सुरक्षाको व्यवस्था गर्न प्रहरी सफल भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदा नेपाल प्रहरीले मिलाएको सुरक्षा प्रबन्ध विशेष उल्लेखनीय छ ।

साथै , अन्य १५ विदेशी विशिस्ट ब्यक्तिको राजकिय,औपचारिक तथा अनौपचारिक भ्रमण सुरक्षा ब्यवस्थापन । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई शान्तपूर्ण वातावरणमा सम्पन्न गर्न केन्द्रिय निर्वाचन सेल गठन । १०५० विभिन्न विरोध कार्यक्रममस सुरक्षा ब्यवस्थापन । लेन अनुशासन र नो हर्न अभियान संचालन । 9N-AET तारा एयरको विमान दुर्घटनामा खोजी तथा उधार कार्यमा प्रहरी सफल भएको थियो । प्रहरीले मिलाएको शान्ति सुरक्षा पनि प्रशंसनीय रह्यो ।

८. सार्वजनिक यातायातको क्षेत्रमा तोकिएको टिकट काउण्टरमा परिचयपत्र बहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भए पनि अनाधिकृत व्यक्तिले विचौलिया बनेर यात्रुसँग मोलमोलाई गरि तोकिएको भन्दाबढी भाडा लिँदै गरेको सयौं जनालाई प्रहरीले पक्राउ गरि कार्वाही गरेको छ ।
गाडी दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु रहेको खुले पछि प्रहरीले क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनमाथि कडा कार्बाही सुरु गरेको थियो । जसका कारण यातायात क्षेत्रमा सुधार भयो ।

९ .अविरल वर्षाका कारण देश भरका १३९३ क्षेत्र वरपर डुबानमा परी मृत्यु भएको १३१ शव ब्यवस्थापन र २९४ जना घाइतेहरुलाई उद्दार गरी सुरक्षा प्रदान गर्न नेपाल प्रहरी सफल भयो । यसरी उद्दारका काममा सफलता हासिल गर्दा नेपाल प्रहरीले सबैतिरबाट वाहवाह पाउन सफल भयो ।

१० . नेपाल प्रहरीका सबै इकाईहरु कतिपय पछिल्ला कानुनबारे अपडेट नहुँदा समस्या पैदा हुने गरेको छ । यो अवस्थामा मुलुकी अपराध ऐन २०७४, फौजदारी कार्यविधि ऐन २०७४ , फौजदारी कसुर ऐन २०७४ सम्बन्धी पुस्तकहरु ३ हजार थान कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट माग गरी नेपाल प्रहरीको तल्लो युनिट प्रहरी चौकीसम्म पुग्ने गरी वितरण गरिएको छ ।
११. प्रहरी नायव उपरिक्षकको कमाण्डमा ४ सदस्यीय टोली गठन गरी गत बर्ष अनुगमन नभएका अपराध अनुसन्धान गर्ने १ सय २३ इकाइको स्थलगत अनुगमन गरिएको छ । मानव अधिकार सम्बन्धि विषयगत तालिम र प्रशिक्षण प्रदान गरिएको छ । लैगिक हिंशा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्यसञ्चालन विधि अन्तरगत अनुशिक्षण संचालन गरिएको छ । नेपालको अुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको सम्मेलन सम्पन्न गरिएको छ । यस्ता गतिविधिले नेपाल प्रहरीको क्षमता र अनुभव विकाश गरेको छ ।
१२ . राजस्व संकलनको क्षेत्रमा पनि प्रहरीले राम्रो सफलता हासिल गरेको छ । सिंह प्रहरी प्रमुख भएयता ५ लाख ९ हजार ७ सय ६९ जनालाई गरिएको ट्राफिक कारवाहीबाट ३६ करोड २० लाख ९७ हजार ५ सय राजस्व संकलन भएको छ ।
१३. नेपाल प्रहरी महानिरिक्षक (आईजीपी) धीरजप्रताप सिंहले प्रहरीमा वर्षै देखि जाम रहेका कामहरु धमाधम खुलाएका छन्। हालै मात्र उनले बढुवा भएकासहित १३१ प्रहरी नायव उपरिक्षक (डीएसपी)को पदस्थापन तथा सरुवा गरिसकेका छन्।
चुनाव घोषणा भइसकेको र सुरक्षा व्यवस्थालाई थप बलियो बनाउनका लागि संगठनलाई चलायमान बनाउन आईजीपी सिंह सक्रिय भएका हुन्। उनले आपराधिक गतिविधिलाई पनि नियन्त्रणमा लिँदै सहज निर्वाचनका लागि सुरक्षा व्यवस्थाका लागि गृहकार्य सुरु गरेका छन्।
त्यसका लागि प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) सहकुलबहादुर थापाको नेतृत्वमा निर्वाचन सुरक्षा परिचालन सेल समेत गठन गरिसकेका छन्।
‘देशैभरको सुरक्षा र चुनावी रणनीतिका लागि जिल्लाका प्रमुखहरूको सरुवा, प्रहरी परिचालनका लागि आईजी सक्रिय देखिनुभएको छ’, एक अधिकारी भन्छन्,‘सबै जिल्लामा प्रमुख पठाउने काम भइसकेको छ भने सम्बन्धित इकाईहरूमा पनि जनशक्ति परिचालनको काम सुरु भइसकेको छ।’
चुनावका निम्ति म्यादी प्रहरी भर्नाको तयारी पनि भइरहेको बताइएको छ। १६ भदौमा अमेरिकामा हुने राष्ट्र संघको एउटा कार्यक्रममा सहभागी भएर फर्किएपछि आईजीपी सिंहले चुनावकेन्द्रित सुरक्षा व्यवस्थाबारे निरिक्षणदेखि परिपूर्तिका कामको निर्देशन दिनेछन्।
संगठनलाई अझ प्रभावकारी बनाउन उनले प्रहरी उपरिक्षक (एसपी) बढुवा र पदस्थापन तथा जिम्मेवारी, प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बढुवा र जिम्मेवारी समेत दिइसकेका छन्। ‘सम्बन्धित अधिकारी आफूले पाएको जिम्मेवारी बहन गर्न जिल्ला र इकाईमा पुगिसकेका छन्’, प्रहरीका उच्च अधिकारी भन्छन्,‘यसैगरी प्रहरी नायव महानिरिक्षक (डीआईजी)हरूले पनि जिम्मेवारी लिएर प्रभावकारी काम गर्न थालेको रिपोर्ट आइसकेको छ।’
प्रहरी महानिरीक्षक (आईजीपी ) धिरज प्रताप सिंहको छोटो कार्यकालमा प्रहरी सङ्गठनमा ऐतिहासिक सरुवा/बढुवा भएको छ । ‘प्रहरीभित्र सरुवा/बढुवा स्वाभाविक प्रक्रिया नै हो तर पनि वर्तमान चिफसा’पको छोटो कार्यकालमा पनि धेरै प्रहरी कर्मचारीको सरुवा/बढुवा भएको छ’, उनले भने, ‘प्रायः प्रहरी जवान र हवल्दारको सरुवा कमै हुन्थ्यो। छोटो समयमा पनि अधिकांशको भएको छ। बढुवा नपाएर निराश प्रहरी कर्मचारी पनि खुसी देखिएका छन्, उनीहरूको मनोबल बढेको छ।’ प्रहरी प्रधान कार्यालयले आईजीपी सिंहको कार्यकालमा २ हजार ५ सय प्रहरी कर्मचारीहरूको बढुवा भएको छ।
नेपाल प्रहरीमा लामो समयदेखि अवरुद्ध तल्लो तहका प्रहरी कर्मचारीको सरुवा/बढुवा प्रक्रिया आईजीपी सिंहको कार्यकालमा भएको हो। नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता राईका अनुसार महानिरीक्षक सिंहले ९० दिने कार्यकालमा प्रहरी सङ्गठनमा रोकिएको सरुवा/बढुवा निकाल्न सफल भएका हुन्। सिंहले माथिल्लो दर्जाका प्रहरी अधिकृतदेखि तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको सरुवा/बढुवा गरेको प्रवक्ता राई बताउँछन् ।
‘प्रहरी सरुवा/बढुवामा हुने अनावश्यक चलखेल हालका चिफसा’पको कार्यकालमा बन्द नै भएको छ’, प्रवक्ता राई भन्छन्, ‘प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, नायव उपरीक्षक र प्रहरी निरीक्षकसम्मको बढुवा हेरे पुग्छ।’ उनीहरूको वरिष्ठता, कार्यसम्पादन मूल्याङ्कन र इमान्दारीको आधारमा बढुवा गरिएको प्रधान कार्यालयको दाबी छ।
यस्तै,गृहमन्त्रालयले २०७९ / ०३ / २५ गते शनिबार प्रकाशित गरेको ३२ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) का लागि ३२ प्रहरी उपरिक्षक (एसपी)को नाम सिफारिस गरेसँगै विगतमा देखिएको प्रहरीको धुमिलिँदो छवि केही सुध्रिँदो देखिएको आभाष भएको थियो ।
विगत लामोसमयदेखि राजनीतिक चक्रब्यूहको चंगुलमा घुमिरहने नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी ) सिंहको नेतृत्वसँगै सुधारका संकेत देखिन थालेका थिए ।
माथिल्लो दर्जाका अधिकारीहरुको बढुवा भएको लामो समयसम्म ‘भ्याकुम’का रुपमा रहने नेपाल प्रहरीमा यसपटक तुरुन्तै एसएसपी बढुवा हुनु पनि अर्को सकारात्मक सन्देशका रुपमा लिन सकिन्छ ।
शक्ति र पावरको दुरुपयोग गर्दै बढुवा हुने प्रचलन रहेको प्रहरीमा एसएसपी बढुवामा भने राजनीतिक हस्तक्षेपको प्रभाव देखिएन । २०५२ कै ब्याजका केही एसपीहरू बढुवा हुन बाँकी रहेको अवस्थामा २०५६ का केही एसपीहरु बढुवाका लागि शक्तिकेन्द्र धाइरहँदा आईजीपी सिंहको स्ट्यान्डका कारण राजनीतिक प्रभाव पर्न सकेन ।
शक्ति र पहुँकै भरमा संगठनमा ‘फड्के’ अधिकृतका रुपमा परिचित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जस्तै आफूभन्दा सिनियर ब्याचलाई नै फड्किएर बढुवा हुने परम्परालाई पाखा लगाउँदै संगठनमा पहिलोपटक आईजीपी सिंहले बरिष्ठता र योग्यतालाई ध्यानमा राख्दै सिफारिस गर्नु संगठनको सुखद् भविष्यको संकेत मान्न सकिन्छ ।
बढुवाका लागि सिफारिससूची बाहिरिएसँगै सिनियर ब्याजका अधिकारीहरुलाई पाखा लगाउँदै ‘जम्प’ गर्ने सुरुमा रहेका आधा दर्जन एसपीहरुको दाँतमा ढुंगो लागेको छ ।
शनिबार बसेको बढुवा समितिको बैठकबाट २०५२ का बाँकी रहेका दुई अधिकृतका साथै २०५४ का ब्याजका एसपीहरु बढुवा सिफारिस भए ।
२०५२ का गणेश चन्द पहिलो नम्बरमा बढुवा हुँदा दोस्रो नम्बरमा सिद्धिविक्रम शाह बढुवा सिफारिसमा परे । त्यसपछि तेस्रो नम्बरमा भने २०५४ का सुशील सिंह राठौर , चौथो नम्बरमा उमा प्रसाद चतुर्बेदी र पाचौं नम्बरमा दान बहादुर कार्की सिफारिस भए । एसपीसम्मको कार्यक्षमतामा हेर्दा राठौर , चतुर्बेदी र कार्की उत्कृष्ट प्रहरी अधिकृत हुन् भन्ने कुरामा कुनै शंका छैन । तर, आईजीपी सिंहले न्यायसंगत रूपमा बरिष्ठताका साथै दक्षतालाई आधार बनाएर चन्दलाई पहिलो नम्बरमा सिफारिस गर्नु संगठनको सुदृढीकरणको लक्षण मान्न सकिन्छ ।
यसपटकको एसएसपी बढुवाका लागि पावर र पहुँच लगाएर विश्व पोखरेलकै कर्म दोहोर्याउनका लागि केही एसपीहरुले प्रयत्न गरे । २०५२ सालदेखिका एसपी बढुवाका लागि बाँकी रहेको अवस्थामा २०५६ का अधिकारीहरुले अनेक हतकण्डा अपनाए पनि अन्ततोगत्वा आईजीपी सिंहले लगाम लगाए ।
बढुवाका लागि सिफारिससूची बाहिरिएसँगै सिनियर ब्याजका अधिकारीहरुलाई पाखा लगाउँदै ‘जम्प’ गर्ने सुरुमा रहेका करिब आधा दर्जन एसपीहरुको दाँतमा ढुंगो लागेकोछ ।
यसपटकको बढुवामा बालुवाटार र खुमलटारका साथै विभिन्न शक्ति केन्द्रको बलमा अगाडि बढ्ने अभीष्ट राखेकाहरू सफल भएनन् । राजनीतिक प्रभाव र दबाब आईजीपी सिंहको स्ट्यान्डका अगाडि असफल सावित भयो । जुनकुरा आगामी दिनमा संगठनको नेतृत्व गरेकालाई ‘नजिर’ सावित हुनसक्छ ।
संगठनको पछिल्लो निर्णय आगामी दिनमा नेपाल प्रहरीभित्र चाप्लुसी र पहुँचकै आधारमा मात्र अगाडि बढ्न सकिन्छ भन्ने सोचाई राख्नेहरुका लागि गतिलो पाठ बन्न सक्छ । जसले गर्दा प्रहरीमा रहेका केही राजनीतिक पहुँच बाहिरका अधिकृतहरुले पनि न्याय पाउनसक्दछन् भने पहुँचकै आधारमा मात्र अगाडि बढ्न खोज्नेहरुका लागि शिक्षा पनि बन्न सक्दछ ।
बढुवा प्रकरणमा पटक–पटक राजनीतिक हस्तक्षेपका कारण संगठनको विश्वसनीयता, व्यावसायिकताका साथै प्रहरी अधिकृतहरुको कार्यदक्षता र संगठनका साथै मुलुकप्रतिको दायित्व छायाँमा पर्दै आएको विगतलाई वर्तमान नेतृत्वले केही हदसम्म भए पनि चिर्ने प्रयास गरेको छ ।
संगठनको पछिल्लो निर्णय आगामी दिनमा नेपाल प्रहरीभित्र चाप्लुसी र पहुँचकै आधारमा मात्र अगाडि बढ्न सकिन्छ भन्ने सोचाई राख्नेहरुका लागि गतिलो पाठ बन्न सक्छ । जसले गर्दा प्रहरीमा रहेका केही राजनीतिक पहुँच बाहिरका अधिकृतहरुले पनि न्याय पाउनसक्दछन् भने पहुँचकै आधारमा मात्र अगाडि बढ्न खोज्नेहरुका लागि शिक्षा पनि बन्न सक्दछ ।
यसपटकको एसएसपी बढुवाले आगामी दिनमा संगठनमा बढुवाका लागि राजनीतिक पहुँच नै पहिलो योग्यता बन्दछ भन्ने कुरा गलत सावित भएको छ । जसले गर्दा राजनीतिक पहुँचबाहिर रहेकाहरुलाई आफ्नो कार्यक्षमता र दक्षता सुधारका लागि प्रेरणा पनि बन्ने देखिन्छ ।
यस्तै, प्रहरी निरीक्षकको बढुवामा समेत आईजी सिंहले अडान राखे। १४७ जनाको जम्बो टोलीका प्रहरी निरीक्षकहरू सबै नायव उपरीक्षकको प्रतिस्पर्धामा थिए, जसका कारण बढुवा निकाल्न त्यति सहज थिएन । १४७ जनामा फ्रेसका अधिकृत १५ देखि २० जना पर्थे । त्यही कारण कसैलाई पनि अन्यायमा पार्न खोजेका थिएनन्।
आईजी सिंहले आफ्नो अडानमा रहेर विभागीयहरूलाई मात्र बढुवा गरेको दाबी गरेका छन्। बालुवाटारदेखि गृह मन्त्रालयसम्मको दबाब थेगेर सिंहले ३४ जना प्रहरी निरीक्षकलाई नायव उपरीक्षकमा बढुवा गर्न सफल भएको उनको सचिवालयको दाबी छ।
प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार बढुवाकै अनुपातमा सरुवा तथा पदस्थापन पनि भएको छ। ‘सिंहको कार्यकालको अर्को मुख्य उपलब्धि सरुवा तथा पदस्थापना हो’, प्रवक्ता राई भन्छन्, ‘लामो समयदेखि हुन नसकेको लेखापालहरूको सरुवासमेत सिंहको कार्यकालमा भएको छ।’
आन्तरिक विवादका तथा विभिन्न कारणले यसअघि लामो समयदेखि लेखापालको सरुवा हुन सकेको थिएन । तर, सिंहले आईजीको शपथ खाएको केही दिनमै ४०२ जना लेखापालहरूको सरुवा निकालेका हुन् । यसअघिका आईजी शैलेश थापा क्षेत्रीको पालामा रोकिएको लेखापालको सरुवा सिंहको कार्यकालमा भएको हो ।
वर्षै देखि ‘तल्लो तहका कर्मचारीदेखि उच्च तहका अधिकारीको बढुवा जाममा थियो, आईजीले जिम्मेवारी लिनासाथ ति काम धमाधम अगाडि बढे र जाम खुल्यो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो,‘सिपाहीदेखि एआईजीसम्मका बढुवा खुलाउने काममा आईजीपी सिंहको पहिलो प्राथमिकता रह्यो, यसले संगठनमा रिक्तता रहेन।’
१४. प्रहरीको क्षमता विकाशका लागि विभिन्न तालिमहरु समेत संचालन गरिएका छन् । ६७ समुहमा १९२४ जना प्रहरी कर्मचारीहरुले आधारभुत / सेवाकालिन तालिम प्राप्त गरेको छ ।
पाठयक्रम / निर्देशिका विकास
प्रहरी निरीक्षक , प्रहरी सहायक निरीक्षक र प्रहरी जवान आधारभुत तालिम training manual हरु प्रकाशन गरि सम्बन्धित प्रहरी प्रशिक्षण केन्द्रहरुलाइ हस्तान्तरण गरिएको छ । २७ समुहमा १२२० जना प्रहरी कर्मचारीहरु आधारभुत / सेवाकालिन तालिममा तालिमरत रहेको छ ।
१५. धिरज प्रताप सिंहको नेतृत्वमा गलत काम गर्ने केहि प्रहरीलाई कारवाही गरिएको छ । १६ जनालाई विभिन्न प्रकारका कारवाहीहरु गरिएको छ । राम्रोकाम गर्नेहरुलाई भने पुरस्कृत समेत गरिएको छ । यसरी पुरस्कृत हुनेहरु २५५४ जना रहेका छन् । नराम्रो काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गरिदा नराम्रो काम गर्नेको मनोवल घटेको छ भने राम्रो काम गर्नेको मनोवल बढेको छ ।
१६ . सिंहको नेतृत्वमा नीतिगत कार्य तथा सुधारका कार्यक्रम समेत भएका छन् । प्रहरी हेडक्वाटर नक्सालबाट ‘अनावश्यक’ जनशक्ति हटाउन थालिएको छ । हालै १ सय ४६ जनलाई फिल्डका कार्यालयमा खटाइएको छ । प्रहरी प्रधान कार्यालयलाई ‘स्मार्ट’ बनाउने योजनाअनुसार केही कर्मचारीलाई फिल्डमा खटाउन थालिएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए ।
‘प्रधान कार्यालयमा काजमा कार्यरतलाई उनीहरूकै दरबन्दीमा खटाइएको छ,’ उनले भने, ‘यहाँ काम नभएका अन्य प्रहरीलाई पनि फिल्डमा पठाइएको छ । प्रधान कार्यालयमा जनशक्ति कम गरी स्मार्ट शैलीमा चलाउन थप गृहकार्य भइरहेको छ ।’
कामको अत्यधिक चाप भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा उपत्यकाका विभिन्न जिल्लामा प्रधान कार्यालयका जनशक्ति खटाइएको हो । पहिलो चरणमा कार्यालय सहयोगीदेखि वरिष्ठ प्रहरी नायब निरीक्षकसम्मलाई खटाइएको छ ।
प्रहरी मुख्यालयमा जनशक्ति व्यवस्थापनबारे हालै एक अध्ययन भएको थियो । जसमा दुई सयभन्दा धेरै जनशक्ति अनावश्यक रहेको प्रतिवेदन बनेको छ । सोही प्रतिवेदनका आधारमा जनशक्ति कटौती सुरु भएको हो । प्रधान कार्यालयमा धेरै प्रहरी काज मिलाएरसमेत बसेका छन् ।
प्रधान कार्यालयमा काम सजिलो हुने भएकाले पनि धेरैले रोज्ने गरेका छन् । ‘कतिपयले पारिवारिक समस्या देखाएर त कतिले पढाइको कारण देखाएर सोर्सफोर्सका आधारमा सजिलो ड्युटी हुने कार्यालय रोज्ने गरेका छन्,’ प्रधान कार्यालयका एक अधिकारीले भने, ‘यसले आवश्यक ठाउँमा प्रहरी नहुने, तर काम कम हुने कार्यालयमा धेरै हुने भएकाले यसमा सुधार थालिएको हो ।’
प्रधान कार्यालयको दरबन्दी कटौतीका लागि १० वर्षदेखि प्रयास हुँदै आएको छ । उपेन्द्रकान्त अर्याल आइजिपी हुँदा उनले तत्कालीन डिआइजी प्रकाश अर्यालको संयोजकत्वमा एक कार्यदल बनाएर यसबारे अध्ययन गराएका थिए ।
जसले एक सय ९२ दरबन्दी कटौती गरेर तराईका जिल्लामा मिलान गर्न सिफारिस भएको थियो । प्रकाश अर्याल पछि आफैँ आइजिपी भए, तर त्यो प्रतिवेदन कार्यान्वयन हुन सकेन । अहिले बल्ल प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयको जनशक्ति फिल्डमा खटाउन थालिएको छ ।
नेपाल प्रहरी काॠ योजना,२०७९ । वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर एवं software tracking द्वारा मुल्यांकन गर्ने कार्य सुरु भएको छ । अपराध अनुसंधान विधमान अवस्था बारे समिक्षा गरि सुधारका क्षेत्रहरु पहिचान गर्न प्रदेशस्तरीय अ.अ. समिक्षा संचालन गरेको छ ।
ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण रणनीतिक कार्य योजना , २०७९ संचालन गरेको छ । चारित्रीक प्रमाणपत्र वितरण निर्देशिका,२०७९ सुरु गरेको छ । केन्द्रिय अनुसंधान ब्यूरो कार्य योजना , २०७९ सुरु गरेको छ । नेपाल प्रहरी सन्युक्त राष्ट्रसंघीयता शान्ति मिसन सम्बन्धि कार्यनिर्देशन , २०७९ । नेपाल प्रहरी कार्य दक्षता मुल्यांकन ( police baton ) , २०७९ ।
शोध अध्ययन
नेपाल प्रहरी युवा आक्रमणको अवस्था । सेवा प्रतिको सन्तुष्टि र कार्यसम्पादनमा प्रभाव पार्ने तत्वहरु नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरुको मामिला अध्ययन ।
१७ . प्रविधिमैत्री शैलीमा नेपाल प्रहरी

१८ . लामो समयदेखि खरीद कार्य हुन नसकेका स्केलका सामानहरू खरिद प्रक्रिया सकेर सामाग्री प्राप्त गरेर कर्मचारीहरूलाई वितरण समेत गरिएको छ ।
१९ . धिरज प्रताप सिंह प्रहरी प्रमुख भए पछि भौतिक निर्माणमा प्रगति
प्रहरी महानिरीक्षकको सचिवालयका लागि छुट्याइएको बजेटबाट प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरीका लागि ब्यारेक बनाउने तयारी गरेको छ ।प्रहरी महानिरीक्षककाे सचिवालय भवनसहित अन्य कार्यका लागि तीन वर्षे याेजनासहित १० कराेड रुपैयाँ बजेट विनियाेजन भएकाे थियाे ।
महानिरीक्षक धिरजप्रताप सिहंले आफ्नो भवन हाललाई राम्रै अवस्थामा रहेकाले बरु आवश्यक जवान तथा हवल्दारका लागि ब्यारेक बनाउने निर्णय गरेका हुन् । सचिवालय निर्माणका लागि छुट्याइएको रकमलाई कार्यक्रम संशोधन गरी जवानदेखि वरिष्ठ हवल्दारसम्म एक सय जना बस्न मिल्ने ब्यारेक निर्माण गर्न लागिएको हो ।
तल्लो तहका प्रहरीको सुविधालाई ध्यानमा राखी यसरी कार्यक्रम संशोधन गरी ब्यारेक बनाउन लागिएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले तल्लो तहका प्रहरीको सुविधामा विशेष जोड दिएका छन् ।

भौतिक पूर्वाधार तथा कर्मचारीको सेवा सुविधातर्फ पछिल्लो समय प्रहरीमा प्रगती भइरहेको छ । कैलालीमा प्रहरी अस्पतालको शाखा स्थापना भएको छ । जसबाट सुदुरपश्चिमका प्रहरी तथा पूर्व प्रहरीले निःशुल्क उपचार पाउनेछन् । चितवनको प्रहरी स्कुलमा छात्रावास भवन निर्माणको काम अघि बढेको छ । त्यस्तै वर्षौंदेखि बन्द रहेको नेपाल प्रहरी क्लब पुनर्निर्माणपछि सुचारु भएको छ ।

त्रिपरेश्वरमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणको अत्याधुनिक भवन बनेको छ भने साँगास्थित प्रहरी स्कुलमा पनि नयाँनयाँ भवनहरू निर्माण भएका छन् । जसको गत साता मात्र उद्घाटन भएको थियो ।

काठमाडौं परिसर र उपत्यकाका अपराध अनुसन्धान कार्यालयको भवन निर्माणको काम अन्तिम चरणमा छ । २६ वर्षको प्रयासपछि काभ्रेको पनौतीमा प्रहरी निर्माणको काम अघि बढेको छ । तर, साइबर ब्यूरोको भवन निर्माणका लागि पनि कोरिया सरकारले सहयोग गर्ने सहमति भइसकेको छ । सुस्त गतिमा भए पनि पछिल्ला वर्ष प्रहरीले भौतिक निर्माणमा प्रगति गरेको छ ।
२० . प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको बिशेष पहलमा सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरूमा आह्वान गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीलाई कारबाही गर्न निर्देशन दिएका थिए।
प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंहले मिटर ब्याज पिडितहरुलाई उजुरि दर्ता गर्ने गरि सरकारलाई संयन्त्र बनाउनु पर्नेमा विशेष पहल गर्नु भएको थियो । प्रहरी प्रमुखको विशेष पहलले हजारौं मानिसले न्याय पाएको छ ।
२१ .नेपाल प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । लागू औषध विरुद्ध , दाइजो प्रथा, बाल विवाह, जबरजस्ती करणी, बालश्रम शोषण, साइबर अपराध, मानव बेचबिखन, घरेलु हिंसा लगायतका अपराध विरुद्ध चेतना जगाउन कार्यक्रमहरु सुरु भएको छ ।
२२. नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच सोमबार उक्त सम्झादारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले चार्जिङ स्टेशन निर्माण र संचालन सम्बन्धी भएको सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणलाई धन्यवाद दिनु हुँदै आगामी दिनमा प्रहरी जनशक्ति बढी भएका प्रहरी कार्यालयहरूमा चार्जिङ स्टेशन विस्तार गर्न समेत आग्रह गर्नुभयो । विद्युत चोरी, विद्युतीय पोल चोरी लगायतका विषयमा विद्युत प्राधिकरणसँग यसभन्दा अगाडि पनि सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले राजमार्ग र पहाडी जिल्लामा स्थापना भएका चार्जिङ स्टेशनहरुको सुरक्षाका लागि नेपाल प्रहरी सदैव तयार रहेको बताउनुभयो ।
समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य रहेकोमा यसमा नेपाल प्रहरीको भूमिका सबै भन्दा बढी प्रभावकारी रहने भएकोले यस सम्झौताले आगामी दिनमा नेपाल प्रहरीसँग प्रभावकारी रुपमा सम्बन्ध स्थापना हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । चार्जिङ स्टेशन स्थापना गर्ने कार्यमा सुरक्षा चुनौती र स्थानको समस्यालाई समाधान गर्न नेपाल प्रहरीसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
कार्वन उत्सर्जनबाट वायुमण्डल, पर्यावरण र जीवजन्तुमा पर्न गएको नकारात्मक असरले विश्वलाई नै चिन्तित बनाइरहेको अवस्थामा कार्वन फुटप्रिन्टलाई कम गर्न विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा रहेका विद्युतीय सवारी साधनहरूलाई सहज रूपमा चार्जिङ सुविधा उपलब्ध गराउन यो सम्झौता भएको हो ।
नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर मणि ज्ञवालीले चार्जिङ स्टेशनको स्थापनाको महत्व र उद्देश्यको बारेमा प्रकाश पार्नुभएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल विद्युत प्राधिकरणका निमित्त उप-कार्यकारी निर्देशक एवं सहायक प्रबन्धक, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
२३. सिंह प्रहरी प्रमुख भए पछि तस्करी नियन्त्रणमा पनि सफल देखिएको छ । भन्सार छलीबापत उनीहरूबाट असुल भएको २३ करोड २ लाख १७ हजार १२१ रुपैयाँ भन्सार कार्यालयमा दाखिला गराइएको छ।
२४. ७२ लाख ८५ हजार २८२ रुपैयाँ मुल्य बराबरको अवैध काठ बरामद गरी आवश्यक कारबाहीको लागि वन कार्यालयमा बुझाइएको छ । अबैध काठ नियन्त्रणमा पनि प्रहरी सफल देखिएको छ ।
२५. सन्युक्त राष्ट्रसंधिय शान्ति मिशनमा सहभागिता

२६. नेपाल प्रहरी अस्पतालमा पनि सुधार

२७. काठमाडौंस्थित र्याडिसन होटलमा संचालित INTERPOL Project LEADER Policing Capabilities Table top Exercise बिषयक कार्यक्रमको समापन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
Norwegian Ministry of Foreign Affairs को सहकार्यमा संचालित ३ वर्षे Project LEADER सम्बन्धी कार्यक्रममा नेपाल प्रहरीले विभिन्न समयमा Virtually तथा In-person रुपमा सहभागिता जनाउदै आईरहेकोमा हाल नेपालमा प्रत्यक्ष रूपमा सम्पन्न उक्त कार्यक्रममा INTERPOL Policing Capabilities, Digital Forensics, Use of Digital Forensics tools जस्ता विधामा प्रशिक्षण प्रदान गरिएको थियो । सो कार्यक्रमबाट प्रदान गरिएका विषयवस्तुलाई आगामी दिनमा सहभागीहरुले आ-आफ्नो कार्य क्षेत्रमा प्रयोग गरी Digital Evidence Handling, Information Sharing तथा अनुसन्धानको विधामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै सुरक्षित समाजको लागि प्रहरीहरुको सहकार्यमा थप मद्दत हुने अपेक्षा गरिएको छ ।
Norwegian सरकार, INTERPOL Project LEADER र नेपाल प्रहरीको सह-आयोजनामा एसिया तथा दक्षिणपूर्वी एसियाका नेपालसहित बंगलादेश, भुटान, ब्रुनाई, कम्बोडिया, माल्दिभ्स, मंगोलिया, श्रीलंका र भियतनामबाट Digital Forensics, National Centre Bureau, Investigations विधामा काम गर्ने २७ जना प्रहरी अधिकृतहरु सहित INTERPOL को Project LEADER का विशेषज्ञहरुको उपस्थितिमा साउन १६ गतेबाट उक्त कार्यक्रम संचालन भएको थियो ।




यसरी धिरजप्रताप सिंह प्रहरी नेतृत्वमा आइसकेपछि केहीहदसम्म प्रहरी प्रशासनको मुहार फेर्न उनी सफल बनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !