काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका आरोही शम्भु तामाङको स्वास्थ्यस्थितिबारे अध्यक्ष जानकारी लिएका छन्। आज बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगी तामाङको स्थास्थ्य स्थितिबारे अध्यक्ष प्रचण्डले जानकारी लिएका हुन्।

सन् १९७३ मा सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरी गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल महाराजगञ्ज निवासी तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन्।
तामाङको स्वास्थ्य अवस्था बारे अध्यक्ष प्रचण्डले चिकित्सकहरुबाट जानकारी लिए। उनले तामाङको विगत र अहिले भईरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरेका थिए । अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुुर्याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने पनि बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !