काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार १६ नं वडाका अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् ।
बालाजुस्थित रिजालकै घरमा बालेनले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारबाहीलाई सहज बनाउने विषयमा सुझाव मागेका थिए । बालेनले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।
बालनेले रिजालको घरमा झन्डै दुई घन्टा बिताएका थिए । रिजालले आफू पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताए । भेटमा सहभागी कलाकार अर्जुन घिमिरे पाँडेले जनप्रतिनिधिसँग परामर्श गर्ने योजनाअनुसार आजको भेटघाट भएको बताए ।
महानगरको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय उठाएपछि वडाध्यक्ष रिजाल सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !