काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र, निष्पक्ष, शान्तिपुर्ण र भयरहित वातावरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएकाले लोकतन्त्र जगैदेखि बलियो भएको बताएकी छन् ।

मंगलबार संघीय संसदका दुवै बैठकलाई संयुक्त रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।
‘निष्पक्ष, स्वतन्त्र शान्तिपुर्ण र भयरहित रुपमा स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । यसले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको छ’, राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘यस सुखद पृष्ठभूमिमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई आज संवोधन गर्न पाउदा मलाई गर्वको अनुभूति भएको छ ।’

















