Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोइराला विरासत अब नागेशको काँधमा

कोइराला विरासत अब नागेशको काँधमा

काठमाडौँ । २०७४ मा मेयर र उपमेयर दुवै पद नेपाली कांग्रेसले एकलौटी जितेको ठाउँ, त्यसमाथि अहिले पाँच दलको गठबन्धन सक्रिय बनेको थियो । कांग्रेसका केन्द्रीय सदस्य र सांसद भइसकेका नेताहरू नै पूर्वको ठूलो सहर विराटनगरको साँचो लिएर राजनीतिक भविष्य सुरक्षित गर्ने दाउमा थिए ।

उम्मेदवार छान्दा महानगर समितिले सिफारिस गरे पनि प्रदेश समितिले केन्द्रमा पठाएको सिफारिस सूचीमा मेयरका लागि केन्द्रीय सदस्यत्रय डिला संग्रौला, अमृत अर्याल र भीम पराजुलीको नाम थियो । त्यसबेला पार्टीको सिफारिसमै नपरेका नागेश कोइराला अहिले प्रदेश १ को राजधानी विराटनगरको मेयरमा निर्वाचित भएका छन् ।

महानगर समितिले सात जनाको नाम सिफारिस गर्दा एक नम्बरमा परेका नागेशको नाम प्रदेश समितिले काटिदियो । तर, मेयरको टिकट भने उनैले पाए । कोइराला परिवारको आधारभूमि मानिएको विराटनगरमा नागेशलाई उम्मेदवार बनाउन नेता शेखर कोइराला र शशांक कोइरालाले अडान लिएका थिए ।

विधानबमोजिम प्रदेशले नै नाम नपठाएपछि नागेशलाई टिकट दिने निर्णय गर्न नेताहरूबीच चर्काचर्की नै भएको थियो । तर, शेखर र शशांकले नागेशलाई अघि सारे । हेभीवेट नेताहरूलाई पछि पार्दै पार्टीको जिल्ला उपसभापतिमात्रै रहेका नागेश विराटनगरको मेयर उम्मेदवार बनेँ । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनेका नागेशले ८ हजार ७१५ मतान्तरसहित ३० हजार १७० मत पाएर विराटनगरको मेयर जितेका छन् ।

चुनाव जितेसँगै नागेशको सार्वजनिक पदको राजनीतिक परीक्षा सुरू भएको छ । विराटनगरको मेयर बनेका उनी कांग्रेसभित्र भने कोइराला विरासतको नयाँ नेतृत्वका रूपमा उदाएका छन् । उनलाई मेयर बनाउन शेखर र शशांक दुवैले लगाएको जोडबलले पनि त्यसलाई पुष्टि गरेको छ ।

त्यसो त विराटनगरको मेयर बन्ने कोइराला परिवारबाट उनी तेस्रो व्यक्ति हुन् । यसअघि नेता शेखरका पिता केशवप्रसाद कोइराला विराटनगरको पहिलो जननिर्वाचित मेयर थिए भने ०४९ सालमा पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भाइ अशोक कोइराला मेयरमा निर्वाचित भएका थिए ।

कांग्रेसमा स्वर्गीय सुशील कोइरालापछि कोइराला परिवारको पकड कमजोर बन्यो । अहिले केन्द्रमा शेखर, शशांक र सुजाता कोइराला नेतृत्व तहमा छन् । तर, गएको १४ औँ महाधिवेशनमा यी नेता एक ठाउँमा उभिन सकेनन् । आन्तरिक प्रतिस्पर्धा र पारिवारिक बेमेलका कारण पार्टीमा कमजोर बन्नुपरेको यी नेताको बुझाइ छ । शेखर, शशांक र सुजातापछि पार्टीमा परिवारको विरासत थाम्ने नेतृत्वको खोजी भइरहेका बेला पुर्वको एकमात्रै महानगरको मेयर बनेका नागेशलाई कांग्रेसभित्र कोइराला विरासत थाम्ने नयाँ नेतृत्वको रुपमा हेरिएको छ ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफु सक्रिय राजनीतिमा हुँदै सुशीलसँगै छोरी सुजातालाई पनि अघि सारेका थिए । तर, अब शेखर, शशांक र सुजाताबाहेक कांग्रेसको राजनीतिमा सक्रिय अर्को नाम छैन, न त उनीहरूका परिवारका सदस्य नै राजनीतिमा छन् । शेखर र शशांकका एक–एक छोरी छन्, तर कांग्रेसको राजनीतिमा दुवै छैनन् ।

शेखर विराटनगरको मेयरमा नागेशलाई अघि सारेपछि उनीमाथि परिवारको राजनीति गर्न खोजेको आरोप समेत लागेको छ । कांग्रेसकै नेताहरू शेखरले नागेशलाई कोइराला विरासत थेग्ने नेतृत्वका रूपमा अघि सारेको बताउँछन् । ‘उहाँले त्यसरी भन्नुभएको छैन, तर कांग्रेसमा कोइराला विरासत भनेको सत्ता हो, अहिलेको पुस्तापछि कांग्रेसमा कोइराला विरासतको नेतृत्व कसले गर्छ भन्ने प्रश्न उठिरहेकै बेला नागेशजीलाई सार्नुभएको देखिन्छ,’ एक नेताले भने ।

नागेश र शेखर वा शशांकका बीचमा नजिकको पारिवारिक सम्बन्ध भने छैन । विराटनगरमा उनीहरू एकै परिवारकै झैँ रहेका छन् । तर, नाता भने पुस्तौँ अन्तरको छ । त्यसो त राजनीतिमै पनि नागेश ‘एन्टी कोइराला’ अभियानबाट उदाएका नेता हुन् । विद्यार्थी कालदेखि नै राजनीतिमा लागेका उनी ०५४ पछि भने सक्रिय राजनीतिमा आए । त्यसबेला नेपाल तरुण दल मोरङको कोषाध्यक्ष भएका उनी २०५६ सभापति भए । देउवाले पार्टी फुटाउँदा उनी कांग्रेस प्रजातान्त्रिकनिकट नेपाल तरुण दलको जिल्ला अध्यक्ष थिए ।

कांग्रेस एकीकरणपछि पनि उनी तरुण दलको अध्यक्ष भए । त्यसपछि पार्टी राजनीतिमा आएका उनी २०६६ सालमा कांग्रेस मोरङको कोषाध्यक्ष र २०७२ मा सचिव भएर काम गरे । गत मंसिरको महाधिवेशनले उनलाई जिल्ला उपसभापति चुन्यो । कांग्रेस एकतापछि देउवाको साथ छोडेर परिवारिक राजनीतिमै सक्रिय बनेका उनी ४९ वर्षको उमेरमा विराटनगरको मेयर बनेका छन् ।

राजनीतिसँगै व्यवसाय गर्दै आएका नागेशले विभिन्न संघसंस्थामा रहेर सामाजिक सेवामा सक्रिय थिए । ‘नागेशजी सार्वजनिक पदमा नयाँ मान्छे हो, तर पार्टी र सामाजिक क्षेत्रमा लामो समयदेखि काम गरेको मान्छे हो,’ नेता गुरुराज घिमिरेले भने, ‘वास्तवमा उहाँ फ्रेस युवा हो । उहाँसँग युवा जोस् र काम गर्न सक्ने ऊर्जा छ । उहाँबाट विराटनगरले आफ्नो आशा पूरा गर्न सक्छ जस्तो लाग्छ ।’

विराटनगरमा कांग्रेसका नागेशले मेयर जितेपनि बहुमत सिट भने एमालेले जितेको छ । १९ वटा वडामध्ये कांग्रेसले छ वटा जित्यो भने एमालेले ९ वडा जितेको छ । गठबन्धनबाट उपमेयर उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पराजित भएका छन् । एमालेकी उपमेयर उम्मेदवार शिल्पा कार्की निर्वाचित भएकी छिन् ।

बहुमत एमालेसँग भएकाले मेयर कोइरालालाई काम गर्न सजिलो नभएको नेताहरू बताउँछन् ।

यहाँका १९ वडामध्ये एमालेले १, २, ३, ४, ८, १०, ११, १४ र १९ मा जितेको छ भने कांग्रेसले ५, ६, ७, ९, १५ र १६ जितेको छ । त्यस्तै, १२ र १७ मा जसपा, १३ मा राप्रपा र १८ मा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh