एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव संसदका उपसभामुख कासिम खान सुरीले असंवैधानिक भन्दै खारेज गरिदिएका हुन् ।

अविश्वासको प्रस्ताव खारेजभएसँगै संसद बैठकपनि स्थगित भएको छ ।
सत्तारुढ गठबन्धनका केही दल र उनकै पार्टीका सांसदहरु खानको विपक्षमा भएपछि उनी अल्पमतमा परेका थिए । अब बैंठक अप्रिल २५ मा बस्ने भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !