Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एआईजी दरबन्दी थप्ने गुपचुप निर्णय : नेतृत्वमा पुर्‍याउने गलत अभ्यासकै निरन्तरता

एआईजी दरबन्दी थप्ने गुपचुप निर्णय : नेतृत्वमा पुर्‍याउने गलत अभ्यासकै निरन्तरता

काठमाडौं,असार १५ गते मंगलवार । भावी नेतृत्वको समीकरणमा दख्खल पुग्ने गरी गृह मन्त्रालयले आइतबार एकाएक सहकुलबहादुर थापालाई एआईजीमा बढुवा गरेको सूचना निकाल्यो । प्रहरीमा  प्राविधिकबाहेक एआईजीका चार दरबन्दी रहे पनि खाली थिएनन् । दरबन्दी थपको निर्णय सरकारले सार्वजनिक गरेको थिएन । यद्यपि अघिल्लो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको पद थप्ने निर्णय गरिएको बताइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले दरबन्दी थपको निर्णय कहिले भएको भन्ने आफूलाई यकिन जानकारी नभएको बताए । ‘मैले सरकारले गरेको निर्णयको पत्र हेरेको छैन,’ उनले भने । प्रहरी प्रवक्ताको भनाइबाटै बुझ्न सकिन्छ, दरबन्दी थपको निर्णयबारे प्रहरी संगठनलाई पूर्वजानकारी थिएन । 

अहिलेकै कानुन कायम रहेमा १९ वैशाख ०७९ मा ३० वर्षे सेवा अवधिका कारण आईजीपी शैलेश थापा क्षेत्री अवकाशमा जानेछन् । त्यसपछि नेतृत्वमा पुग्ने प्रबल दाबेदार थिए, एआईजी विश्वराज पोखरेल । एसएसपीदेखि नै ब्याचीहरूलाई उछिन्दै बढुवामा एकल अगाडि बढेका पोखरेल थपिएको दरबन्दीमा आएका थापाका कारण अप्ठेरोमा पर्न सक्नेछन् । 

२९ वैशाख ०४९ मा प्रहरी निरीक्षकबाट सेवामा छिरेका पोखरेल, थापासहितको ब्याचका प्रतिस्पर्धी डीआईजी तहमै  छन् । त्यसैले एक वर्षपछि पोखरेल र थापामध्ये एकले प्रहरी संगठन हाँक्ने लगभग निश्चित छ । 

संयोग कस्तो जुर्‍यो भने यी दुईमध्ये जो नेतृत्वमा पुगे पनि दुवैजना व्यक्तिगत स्वार्थकेन्द्रित निर्णयका उपज हुनेछन् । पोखरेलले डीआईजीमा बढुवा हुँदै आफ्ना सबै ब्याचीलाई एसएसपीमै छोडेका थिए । डीआईजीबाट एआईजीमा बढुवा हुँदा भने जसरी थापाका लागि दरबन्दी थपियो, उसैगरी पोखरेलका लागि पनि दरबन्दी सिर्जना गरियो । प्रहरीको संगठन तथा व्यवस्थापन सर्भेले पाँचवटा डीआईजीको पद थप्नुपर्ने आवश्यकता औंल्याएर प्रतिवेदन गृहमा पठाएको थियो । तर, मन्त्रिपरिषद्बाट एआईजीको दरबन्दीसमेत थपिएर निर्णय आयो । थपिनुको कारण थिए, एआईजी पोखरेल । त्यतिबेला तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलको जोडबलमा पोखरेलका लागि दरबन्दी थपिएको थियो ।  

अहिले थापाका लागि दरबन्दी जुगाड भयो । थापाको राजनीतिक शक्तिको पहुँचले काम गरेको बुझ्न कठिन छैन । गृहसचिव महेश्वरप्रसाद न्यौपाने र आईजीपी शैलेश थापाकै जिल्लाबासी भक्तपुरे हुन्, सहकुल । पोखरेल र थापाले करिब ८० हजारको फौज हाँक्ने पदमा पुग्न गरेको शक्ति अभ्यासले चेन अफ कमान्डमा चल्ने सुरक्षा संगठन कसरी स्वार्थको सिकार बन्दै गइरहेको छ भन्ने उदाहरण पेस गर्छ । 

पूर्वआईजीपी कुवेरसिंह रानाका अनुसार, संगठनको आवश्यकता, कार्यबोझ, जिम्मेवारीको बाँडफाँटका आधारमा गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षणले सही ठहर्‍याएका आधारमा संगठनको दरबन्दी निर्धारण गर्नुपर्छ । 

तर, प्रहरीको डीआईजी र एआईजीजस्ता पद व्यक्ति विशेषका लागि खडा गर्ने परम्पराजस्तै बनिसकेको छ । यी पद संगठनको आवश्यकताभन्दा व्यक्तिको आकांक्षा पूर्ति गर्न थपघट हुने गरेको इतिहास छ । 

२४ चैत ०७६ को मन्त्रिपरिषद् बैठकले डीआईजीको प्रशासनतर्फको दरबन्दी २६ बाट घटाएर १४ मा झारिदियो । तर, त्यसको आधिकारिक पत्र प्रहरी प्रधान कार्यालयले पाएन । बरु छ महिनापछि नै गृहले डीआईजीको पाँचवटा दरबन्दी थप्ने प्रस्ताव गर्‍यो ।  

छ महिनाअघि किन दरबन्दी कटौती गर्नुपरेको थियो र पछि किन थप्नुपर्‍यो भन्ने पुष्ट्याइँ दिने झन्झट भने गृहले गरेन । ‘सत्ता सञ्चालक र तालुकदार मन्त्रालयले प्रहरीलाई हेर्ने दृष्टिकोणमै पूर्वाग्रह छ,’ पूर्वएआईजी विज्ञानराज शर्मा भन्छन्, ’प्रहरीलाई काम गर्ने भाडोको रूपमा मात्र हेरिएको छ । भाँडोमा जति दरबन्दी दिए पनि, नदिए पनि फरक पर्दैन भन्ने सोचले काम गरेपछि यस्तै हो । दरबन्दीलाई सरकारले ठट्टाको विषय बनाएर तानातानमा पारिरहेको छ ।’

यस्तो परिपाटीले प्रहरी अधिकृतहरू आधा बढुवामा र आधा अदालतमा पुग्न थालिसकेका छन् । शक्ति नजिकका व्यक्तिलाई दरबन्दी, विशेष पद सिर्जना गरेर पदमा पुर्‍याउने र पहुँचहीनलाई बेवास्ता गर्नाले प्रहरीको चेन अफ कमान्ड नै भत्किने अवस्थामा पुगिसकेको छ । चेन अफ कमान्डलाई  सुरक्षा संगठनको मेरुदण्ड मानिन्छ ।   

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh