काठमाडौं । अभिनेता सलमान खानलाई पत्रकारमाथि कुटपिट गरेको आरोपमा अदालतले उपस्थित हुन आदेश दिएको छ ।

सलमानविरुद्ध मुम्बईको अँधेरी कोर्टले ३ वर्ष पुरानो मुद्दामा बडिगार्डसहित अदालतमा अप्रिल ५ मा उपस्थित हुन आदेश दिएको हो ।
अशोक श्यामलाल पाण्डे नामका पत्रकारमाथि कुट पिट गरेको आरोप लागेका सलमानसँगै उनका बडिगार्डलाई समेत अदालतले पेश हुन आदेश दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
तीन वर्ष पहिले पत्रकार अशोक पाण्डेले सलमानले साइकल चलाउँदै गरेको भिडियो खिचेको बेला सलमान र उनका बडिगार्डले अशोकमाथि दुर्व्यवहार गरेका थिए ।
मिडियाहरुका अनुसार भिडिओ खिचेका पत्रकारको फोनसमेत खोसेका थिए । त्यसपछि अशोकले सलमान विरूद्ध उजुरी गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !