Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निर्वाचन आयोगको खरिदमा सेटिङ
अख्तियारकाे स्पष्टीकरण देखावटी मात्रै

निर्वाचन आयोगको खरिदमा सेटिङअख्तियारकाे स्पष्टीकरण देखावटी मात्रै

काठमाडौं । आगामी २०७९ बैशाख ३० मा स्थानीय तहको निर्वाचन घोषणासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन आयोगलाई मतपत्र छपाईको जिम्मा निजी कम्पनीलाई दिन लागेको भन्दै स्पष्टीकरण सोधेको छ ।निर्वाचन आयोगले आफूसँग भएका मेसिन प्रयोगमा नल्याई मतपत्र र मतदाता परिचय पत्र निजी क्षेत्रबाट छाप्ने तयारी गरेपछि आफ्नो मेसिन किन प्रयोग नगरेको भन्दै अख्तियारले फागुन २३ गते निर्वाचन आयोगलाई स्पष्टीकरण सोधेको हो ।

मतपत्र, मतदाता परिचय पत्र, निर्वाचन शिक्षण जानकारी लगायत आयोगलाई आवश्यक सामाग्री छाप्न भन्दै आयोगले २०७४ सालमा २२ करोड रुपैयाँ खर्च गरेर ३ वटा मेसिन खरिद गरेको थियो ।तर, निर्वाचन आयोगका उच्च अधिकारीहरुले विगत देखि नै मेसिन खरिद गर्न निकै जोड गर्ने तर ति उपकरण भने प्रयोगमा ल्याउन प्रवृत्ति देखाउँदै आएका छन् ।

निर्वाचन आयोगले अख्तियारलाई बुझएको स्पष्टीकरणमा भने आयोगसँग भएका मेसिन तत्काल सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको र निर्वाचन जसरी पनि गर्नु पर्ने भएकाले निजी कम्पनीबाट मतपत्र छाप्नु परेको उल्लेख गरेको ।निर्वाचन आयोगका उच्च अधिकारीले निजी कम्पनीबाट विभिन्न सामाग्री छाप्ने र कमिसन खाने नियतले आयोगमा रहेका मेसिन मर्मत नगरी राखेका छन् ।

२०७६ को उपनिर्वाचनमा समेत मेसिनको चालु अवस्थमा नरहेको भन्दै निजी कम्पनीबाट मतपत्र छापिएको थियो ।आयोगले अख्तियारमा जवाफ दिन मात्रै मेसिन बिग्रिएकाले निजी कम्पनीबाट मतपत्र छाप्नु परेको तर्क गरेको छ ।महालेखापरीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा समेत २०७६ सालमा सम्पन्न उपनिर्वाचनमा आयोगले खरिद गरेका मेसिन प्रयोग नगरिएको भन्दै प्रश्न उठाइएको थियो ।

महालेखापरीक्षको प्रतिवेदनमा आयोगले २०७४ मा हाई स्पिड डिजिटल कलर प्रिन्टर मेसिन १० करोड ५५ लाख ४० हजार रुपैयाँमा १ थान र छाड स्प्रिङ्ग डिजिटल मोनोक्रोम ११ करोड २८ लाख रुपैयाको २ थान समेत २१ करोड ८३ लाख ४० हजार रुपैयाँमा खरिद गरेको उल्लेख छ ।ति मेसिनहरु २०७६ मा भएको उपनिर्वाचनमा समेत प्रयोग गरेको देखिएन ।

उच्च क्षमताका मेसिनहरु खरिद गरेता पनि प्रयोगमा नल्याई बाहिरबाट छपाई गरेको सम्बन्धमा विगतका प्रतिवेदनमा समेत औँल्याइएको छ ।मेसिनको उपयोगका लागि प्रयोग हुने कागज एवं जनशक्तिको व्यवस्थापन गरी मेसिन उपयोगमा ल्याउनुपर्दछ ।

हाल निर्वाचन आयोगमा १० लाखसम्मको खरिदको सेटिङ निर्वाचन आयोगको स्टोर शाखामा कार्यरत शाखा अधिकृत विश्वराज दाहालले गर्छन् । दश लाख भन्दा माथिको १० औं करोडसम्मको खरिदको सेटिङ उपसचिव कमल ज्ञवालीले मात्र गर्छन् । व्यापारिक डिल टुङ्गिएपछि दाहाल र ज्ञवालीले व्यापारीलाई प्रमुख आयुक्त दिनेश थपलियाकोमा लैजान्छन् र उनलाई लाभको बारेमा आश्वस्त बनाएपछि मात्र दाहालले कन्ट्रयाक्ट डकुमेन्ट बनाई ज्ञवालीले उक्त कन्ट्रयाक्ट डकुमेन्टमा सहीछाप गरी वैधानिकता प्रदान गर्छन् ।

यसरी व्यापारिक डिल टुंगिएपछि थपलियाले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयन्त्रमा हरेक ठेक्काको विवरण पठाई परेका उजुरीहरु उपर कुनै पनि कारबाही अगाडी नबढाउन आदेश गर्छन् । ज्ञवालीको विगत विवादित रहेको विषय सम्पूर्ण निजामती कर्मचारीका लागि नौलो होइन । निजामती कितावखानाको रेकर्डवाट दुई पटक विभागीय कारबाहीमा परेका ज्ञवालीलाई थपलियाले सम्पूर्ण आर्थिक कामरकारवाहीको जिम्मेवारी सुम्पिएका छन् ।

निर्वाचन आयोगले २०७४ साउनमा २५ करोड रुपैयाँमा निर्वाचन सामग्री छपाईका लागि भन्दै ओम्नीसँगे मेसिन खरिद गरेको भए पनि उक्त मेसिन काम नलाग्ने भन्दै छापाखाना सूचीकृतका लागि सूचना निकालेको छ । निर्वाचन आयोगले मतदाता परिचय पत्र, निर्वाचन शिक्षण सामग्री तथा विभिन्न कार्ड छपाइका लागि पनि छापाखाना सूचीकृत गर्न टेन्डर गरेको छ ।

आयोगले मेसिन हुँदाहुँदै काम नलाग्ने भनेर कमिसनका लागि छापाखाना सूचीकृतका लागि सूचना निकालेको आरोप प्रमुख आयुक्त थपलियाको टोलीमाथि लाग्दैआएको छ । आयोगले केही समय अगाडि मात्रै २५ करोडभन्दा बढीको मतदानका लागि प्रयोग हुने सामग्री खरिद गर्न १० वटा कम्पनी छनोट गरेको छ ।

जुन कम्पनी छनोटमा समेत प्रशासन शाखाका उपसचिव ज्ञवालीले डिल गरेका छन् । यसअघि साढे ११ करोड रुपैयाँ बराबरको ब्यालेट पेपर खरिद गर्ने गरी कम्पनी छनोट गरिसकेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh