काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवायलका अनुसार आज दिउँसो १ बजे बैठक बस्दैछ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने सम्भावना रहेको बताइएका छ।

गत बुधबार कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले फागुन २२ गते अर्थात आज प्रधानन्यायाधीश जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका थिए ।
नियमावलीको व्यवस्थानुसार महाभियोग प्रस्ताव दर्ता भइसकेपछि सात दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको छ। त्यसका लागि ११ जनाको महाभियोग सिफारिस समिति बन्ने कानुनी व्यवस्था छ । यसको बस्तुगत आधारसमेत तयार गरेर पुनः संसद्मा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने बताइएको छ।
सत्तारुढ गठबन्धन दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेको थियो । त्यस्तै आजै संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । कार्यव्यवस्थाको बैठकले दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठकका कार्यसूची निर्धारण गर्नेछ।

















