Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

किन रोकिएको छ किएभ हिँडेको रूसी सैनिक गाडीको लावालस्कर?

किन रोकिएको छ किएभ हिँडेको रूसी सैनिक गाडीको लावालस्कर?

एजेन्सी । रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको आज (शुक्रबार) नवौं दिन हो। यो युद्धमार्फत् रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको सत्ता ढाल्न चाहन्छन् र आफूले भनेको मान्ने मान्छेलाई युक्रेनको राष्ट्रपति बनाउने उनको लक्ष्य छ।

त्यही लक्ष्यका साथ युद्ध सुरू भएको दुई दिनमै रूसी सैनिकहरू युक्रेनको राजधानी किएभतर्फ अघि बढेका थिए।

आकाशबाट किएभका विभिन्न ठाउँमा मिसाइल हानेको रूसले जमिनबाट पनि ठूलो मात्रामा सैनिक पठाउन लागेको थियो। स्याटेलाइटबाट लिइएको तस्बिरमा रूसी सैनिकका गाडीको दर्जनौं किलोमिटर लामो लावालस्कर किएभतिर अघि बढिरहेको देखिएको थियो।

उत्तरमा प्रिबिस्कदेखि दक्षिणमा एन्टोनोभ विमानस्थल नजिकैसम्म झन्डै ६५ किलोमिटर लामो रूसी सैनिक गाडीको लावालस्कर झन्डै एक सातासम्म रोकिएको छ।

त्यो लावालस्कर रोकिनुका पछाडिको कारण के हो भन्नेबारे अहिले चर्चा भइरहेको छ। रूसी सैनिक गाडीको लावालस्कर अघि बढ्न नसकेपछि यसको तत्कालीन र दीर्घकालीन असर के हुन सक्छ प्रश्न उठेका छन्। 

समाचार संस्था एपीका अनुसार रूसी आपूर्ति ट्रक, सैनिक र हतियारको विस्तार खाद्यान्न र इन्धनको अभावसँगै हिलो बाटो र मौसमको चुनौती झेलिरहेको छ।

युक्रेनी सैनिकले लावालस्करको सुरूमा रहेका केही गाडीमा आक्रमण गरेर काम नलाग्ने बनाउन सफल भएका छन्। त्यसका लागि उनीहरूले पश्चिमाले दिएका ज्याभेलिन एन्टीट्यांक मिसाइल प्रयोग गरेका छन्। अगाडिका गाडी ध्वस्त भएर रोडब्लक हुँदा पछाडिका गाडीलाई अघि बढ्न बाटो मिलेको छैन।

इन्स्टिच्युट फर स्टडी अफ वारका रूस विश्लेषक मासन क्लार्कअनुसार यो लावालस्कर अघि बढ्न नसक्नु जमिन, जल र आकाशबाट यति ठूलो युद्ध नगरेको रूसी सैनिकको अनुभवहीनताको संकेत हुन सक्छ। तर यसको अर्थ रूसीहरूले युक्रेनी सुरक्षाकर्मीलाई हराउन सक्दैनन् भन्ने होइन।

‘विस्तारै रूसीहरू युक्रेनी फौजलाई पराजित गरेर  किएभ कब्जा गर्न सफल हुने छन्,’ क्लार्कले भने।

रूसी सैनिकलाई मौसमको पनि चुनौती छ। अघिको बाटो बन्द भएपछि अफरोड प्रयोग गरेर उनीहरू अघि बढ्न सकेका छैनन्। सार्वजनिक भएका तस्बिरमा केही रूसी गाडी हिलोमा फसेको देखिन्छ।

अमेरिकी रक्षा मन्त्रालयका प्रेस सेक्रेटरी जोन क्रिबीले लावालस्करसँगै उत्तरबाट किएभ कब्जा गर्ने रूसी लक्ष्य रोकिएको बताएका छन्। रूसीहरूले अहिले यसको कारण खोजिरहेको हुन सक्ने उनले बताए।

आफ्नो सडकमा आएर रोकिएका रूसी सैनिक गाडीलाई युक्रेनीले आकाशबाट आक्रमण गरेर किन ध्वस्त पार्दैन भन्ने प्रश्न पनि उठ्छ।

पश्चिमा अधिकारी र विश्लेषकका अनुसार रूसी लावालस्कर  आकाशबाट हुने आक्रमण प्रतिरोध तयारीसहित आएका छन्। त्यही भएर युक्रेनी सेनाले आकाशबाट आक्रमण गर्न सकेको छैन।

लावालस्कर रोकिनुलाई रूसीहरूलाई धक्काका रूप बुझ्न नहुनेतर्फ अमेरिकी अधिकारीहरूले सचेत गराएका छन्। तत्काललाई लावालस्कर रोकिएको भए पनि रूससँग यस्ता धक्काहरूलाई पन्छाएर किएभ कब्जा गर्ने क्षमता रहेको उनीहरूले बताएका छन्।

परीवेक्षकहरूले रूसी सैनिकहरूलाई आपूर्तिका कारण समस्या भइरहेकोचाहिँ देखिएको बताएका छन्। जसले गर्दा सैनिकहरूलाई खाना र गाडीमा इन्धनको अभाव भोग्नुपरिरहेको छ।

लावालस्करमै रहेका केही गाडी इन्धन कम हुँदै गएको बताइएको छ।  रूसी कमाण्डरले किएभको अवस्था बुझ्न र मूल्यांकन गर्न र त्यतिञ्जेल आपूर्तिलाई पनि सहज बनाउने जानजानी रोकिने निर्णय गरेको हुन सक्ने पनि अधिकारीहरूले बताएका छन्।

दक्षिण युक्रेनतिर भने रूसी सैनिकहरूले सफलता पाइरहेको परीवेक्षकहरूले बताएका छन्। उनीहरूले प्रान्तीय राजधानी खेर्सन कब्जा गरेर त्यहाँका सरकारी कार्यालय आफ्नो नियन्त्रणमा लिएका छन्। एजोभ सागरको छेउमा रहेको मारिउपोलमा पनि रूसी सैनिकहरू बिनारोकावट अघि बढिरहेका छन्।  

(समाचार संस्था एपीमा प्रकाशित सामग्रीमा आधारित।)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh