काठमाडौं । देशभरका कानुन व्यवसायीहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कुनैपनिअवस्थामा स्वीकार गर्न नसक्ने बताएका छन् ।

मंगलबार सकिएको राष्ट्रिय भेलाले जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भइसकेको भन्दै अब जुनसुकै अवस्थामा पनि चोलेन्द्र शम्शेर जबरालाई न्यायपालिका र सार्वजनिक दायित्वको पदमा स्वीकार गर्न नसक्ने बताएकाे हाे ।
नेपाल बार एशोसिएसनको भेलाले दर्ता भएको महाअभियोग प्रस्तावमाथि कारबाही प्रारम्भ गरी पारित गर्न समेत आह्वान गरेको छ ।

















