Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारततर्फ केराउ तस्करी हुँदै

भारततर्फ केराउ तस्करी हुँदै

रौतहट । तेस्रो मुलुकबाट ठूलो परिमाणमा केराउ आयात गरी भारततर्फ तस्करी हुने क्रम बढेको छ। सुक्खा सेतो र हरियो रंगको केराउ आयातमा नेपाल सरकारले राजस्व दरबन्दी न्यून राखेपछि यसको तस्करी गर्ने क्रम बढेको हो । प्रदेश १ , मधेस प्रदेश र प्रदेश ५ को सीमा क्षेत्रमा नेपालबाट भारततर्फ मरिच, केराउ र छोकडा विशेषगरी तस्करी गरिएको हो।

नेपालबाट भारतमा महँगोमा ती समान बिक्री हुने भएकोले तेस्रो मुलुकबाट ती समान मगाएर भारत पुर्याउने गरिएको हो।
अस्ट्रेलिया र क्यानडाबाट जहाजबाट आउने केराउ कोलकाता हुँदै वीरगंज श्रीसिया सुक्खा बन्दरगाहमा आइपुग्छ भने वीरगंजबाट बारा, पर्सा , महोत्तरीसँगै तराईका विभिन्न जिल्लाको ग्रामिण नाका भएर यी सामानहरु भारत तस्करी गर्ने ठूलो गिरोह यस कार्यमा सक्रिय छन्।

रौतहटको पश्चीमी नाका इशनाथ नगरपालिका २ को औरैयाबाट केराउ (मटर) संगठित तस्करहरुले भारत लैजाँदै गरेका छन ।केही दिनयता रौतहटको विभिन्न नाकाहरुबाट तस्करहरुले मटर र मरिचको ठूलो कारोबार अवैध रुपमा गरिरहेका छन । रौतहटको बजारमा निकै न्यून मात्रामा खपत रहेको मटर र मरिच दैनिक पचास टन भन्दा बढी व्यापारीहरुले मगाइरहेका छन् । यसरी व्यापारीले ल्याएको ९० प्रतिशत मटर र मरिच सीमावर्ती भारतीय बजारहरुमा तस्करी भइरहेको छ ।

रौतहटको पूर्वी नाका लक्ष्मीपुर बेलबिछवा र पश्चीमी नाका बंकुल, औरैया लगायतका आधा दर्जन नाकाबाट तस्करी बढेको छ ।नेपालबाट भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणमा केराउसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।कपिलवस्तुको मर्यादपुर प्रहरी चौकीबाट चेकिङमा खटिएको टोलीले नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको ट्रकलाई रोकेर चेक गर्दा ५ हजार केजी केराउ बरामद भएको हो। युपी ५५ टी २२९५ नम्बर ट्रकमा पाँच हजार केसी केराउ फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।प्रहरीले भारत जिल्ला सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई नियन्त्रणमा लिएको छ।नेपालमा भन्सार छलेर भारततर्फ लैजादा मनग्य फाईदा हुने समुह सक्रिय रहेको छ।

विदेशबाट आयात गरिएका उत्पादन विदेशमै पैठारी गर्न नेपालको कानुनले वर्जित गरेको छ । तर, स्वदेशमै मागअनुसार पूर्ति भइरहेका उत्पादन पनि तेस्रो मुलुकबाट आयात गरेर भारतमा तस्करी भइरहेको छ । तस्करीमा बल पुग्ने गरी आयात खुकुलो बनाएको सरकारले तस्करी रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिमानास्थित भन्सार कार्यालयलाई पनि निर्देशन दिएको छ ।दोस्रो मुलुकबाट आयात गरिएका वस्तु प्रशोधन गरेर तेस्रो मुलुक निर्यात गर्न पाइने भए पनि जस्ताको तस्तै लैजान पाइँदैन ।

तर, स्वदेशी उत्पादनले नै धान्ने केराउ, मरिच, सुपारीको ठूलो मात्रामा आयात हुनु र यिनै वस्तु सीमाबाट अवैध रूपमा भारत लगिएका घटनाले तस्करीकै लागि ल्याइएको प्रस्ट पार्छ । नेपालमा निकै कम खपत हुने पप्पी सिड पनि ठूलो मात्रामा आयात भएर भारततर्फ तस्करी हुने गरेको छ । भन्सार विभागको चालू आवको तथ्यांकअनुसार केराउ, मरिच, छोकडा, सुपारी र पप्पी सिड आयातमा नेपालबाट एक अर्ब १४ करोड ५५ लाख ७९ हजार रुपैयाँ बाहिरिएको छ ।

नेपालमा विगतका वर्षझैँ गत आर्थिक वर्ष पनि सरकारले ८० हजार टन केराउ ल्याउन स्वीकृति दियो । त्यसमध्ये चार हजार नौ सय ६० टन आयात भइसकेको छ । म्यानमार र अफ्रिकी मुलुक मलवीबाट ल्याइएको यो केराउको मूल्य ४६ करोड २० हजार परेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

21 hours पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh