Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अध्यक्ष लिङ्देनले भने-थापाले पार्टी छाड्दैमा केही असर पर्दैन

अध्यक्ष लिङ्देनले भने-थापाले पार्टी छाड्दैमा केही असर पर्दैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गरेका पूर्वअध्यक्ष कमल कमल थापाले २०७८ फागुन १ गते नयाँ पार्टी घोषणा गर्ने साइत जुराएकाे जानकारी आएकाे छ । थापाले २०७८ फागुन १ गते राष्ट्रिय एकता पार्टी घोषणा गर्न लागेका हुन् ।

थापाले २०७८ पुसको महाधिवेशनको परिणाम स्वीकार गर्न सकेनन् । दुईवर्षअघि गीताको कसम खाएर पार्टी नफुटाउने र राप्रपालाई एक बनाइराख्ने बताएका थिए ।पार्टी एकताको बेला त्यसो भनेका थापाले महाधिवेशनको उद्घाटनमा पनि त्यही भनेका थिए । तर, उनीहरु २ महिना पूरा हुनेवित्तिकै अर्को पार्टी गठनको तयारीमा लागेका छन ।

उपाध्यक्ष धुव्रबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की, महामन्त्रीमा भुवन पाठक, कुन्ती शाहीलगायतका पदाधिकारीमा कमल थापाको प्यानलबाट निर्वाचित भएका थिए । ती पदाधिकारीमध्ये थापाको नयाँ पार्टी राष्ट्रिय एकतामा कसले साथ देला भन्ने चर्चा चलिरहेको छ । थापानिकट स्रोतका अनुसार, धुव्रबहादुर प्रधान र कुन्ती शाहीले साथ दिने अनुमान गरिएकाे छ ।
२०७८ माघ २४ गते सोमबार कमल थापाले बोलाएको भेलामा भने रोशन कार्की र बुद्धिमान तामाङ पनि सहभागी थिए । तर, भुवन पाठक भने गएका थिएनन् । बुद्धिमान तामाङ र भुवन पाठकले भने नयाँ पार्टीलाई साथ नदिने बताइसकेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडेपनि केही असर नपर्ने बताएका छन् ।बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरेपनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने बताएका हुन् । राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनको भनाइ छ । अध्यक्ष लिङ्देनले भने, ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुःखित त बनायो नै । तर यो राप्रपाको जीवनमा सधैं सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जीवनमा अगाडि बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन ।

हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडी बढ्छौं ।’
थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई उनले आह्वान समेत गरे । पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्नेमा आफू विश्वास रहेको बताए ।अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुर्नविचार गर्न आग्रह पनि गरे । थापाको यस निर्णयले उनकै राजनीतिक भविष्य समेत नरहेको भन्दै उनले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरे ।थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उनले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले सो घटनालाई अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा लिएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएको घोषणा गरेका पूर्वअध्यक्ष कमल थापाले अब सक्रिय रुपमा राजतन्त्रको एजेण्डा बोकेर हिँड्न नसक्ने बताएका छन् ।मंगलबार गृह नगर हेटौंडा पुगेर थापाले आफूनिकट नेताहरुसँगको अन्तक्रियामा अब सक्रिय रुपमा राजतन्त्रको एजेण्डा बोक्न नसकिने बताएका हुन् ।उनले भने, ‘अब हामी सक्रिय राजतन्त्र बोकेर हिँड्न सक्दैनौं । राजाले नै मलाई अझै १० वर्ष सक्रिय राजनीति गर्नुपर्छ भनेका कारण मैले उम्मेदवारी दिएको थिएँ । उहाँले रेस्ट गर भन्नु भएको भए म उठ्दैन थिएँ । मलाई हराएर उहाँले के पाउनुभयो मलाई थाहा छैन ।’आफूले नै हुर्काएको राप्रपाबाट अलग अन्ततः अलग भएका थापा नयाँ दल खोल्ने तयारीमा गृहजिल्लातिर निस्केका थापाले पूर्वपार्टीमा राजाको सक्रिय हस्तक्षेपकै कारण अध्यक्षमा पराजित भएको पनि दोहोर्‍याए ।पूर्वअध्यक्ष थापाले आफूलाई राजाले पछाडिबाट छुरा हानेको पनि आरोप लगाए ।

थापालाई निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । मंगलबार पार्टीबाट अलग भएको घोषणा गरेपछि आकस्मिक बैठक बोलाएर विज्ञप्तिमार्फत अध्यक्ष लिङ्देनले पूर्वअध्यक्ष थापालाई उक्त निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् ।बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनपेक्षित तथा अप्रत्यासित’ ठहर गरिएको छ । ‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा बृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भईरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौँ । पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछौँ ।’

राप्रपाको सम्पन्न महाधिवेशन निर्मल निवासबाट हस्तक्षेप भएको भन्दै त्यसबारे छानबिन गर्न थापाले माग गर्दै आएका थिए । साथै, थापाले छानबिनलगायतका मागहरु पूरा गर्न अल्टिमेटम दिएका थिए ।

आफ्ना मागहरु सम्बोधन नगरिएको भन्दै थापाले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । हेटौंटाबाट पार्टी परित्याग गरेको घोषणा गरेलगत्तै अब सक्रिय रुपमा राजसंस्थाको एजेण्डा नबोक्ने पनि बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh