काठमाडौं । लुज बिल प्रयोग गरेर कारोबार गर्ने सूर्य मेटल इण्डष्ट्रिज प्रालिका चारजना संचालकविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले उनीहरुविरुद्ध २४ करोड ३८ लाख रुपैयाँ माग दाबी गर्दै मुद्दा हालेको हो।विभागले उच्च अदालत विराटनगर, मोरङमा मुद्दा दायर गरेको जनाएको छ।

यसका मुख्य अभियुक्तहरुमा सूर्य मेटल इण्डष्ट्रिजका अध्यक्ष उत्तम कुमार ताम्राकार, संचालकहरु चन्द्रेश्वरी ताम्राकार, अनुप ताम्राकार र निर्मल कुमार ताम्राकार रहेका छन्।विभागको अनुसन्धानमा यस कम्पनीले लुज बिलको प्रयोग गरी कारोबार गर्ने गरेको खुल्न आएको छ।
कम्पनीले मालवस्तुको कारोबार गर्दा प्रचलित मूल्य अभिबृद्धि कर ऐन तथा आयकर ऐन, नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको विभागको आरोप छ।

















