Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वैदेशिक रोजगारको मामिला हेर्न छुट्टै प्रहरी युनिटको प्रस्ताव भिजिट भिसाको समस्या बुझ्न मार्सल टिम बन्यो

वैदेशिक रोजगारको मामिला हेर्न छुट्टै प्रहरी युनिटको प्रस्ताव भिजिट भिसाको समस्या बुझ्न मार्सल टिम बन्यो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका प्रहरीसँग जोडिने मुद्दामामिला हेर्न छुट्टै प्रहरी युनिट बनाउन प्रस्ताव गरेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले नेपाल प्रहरी अन्तरगतको पर्यटक प्रहरीजस्तै वैदेशिक रोजगार प्रहरी युनिट स्थापना गर्न प्रस्ताव गरेका हुन् ।

मन्त्रालयको यो प्रस्ताव लिखित रुपमा गृह मन्त्रालयमा पुगिसकेको मन्त्रीका विज्ञ सल्लाहकार केशव बस्यालले जानकारी दिए । मन्त्री श्रेष्ठले आफ्नो १०० दिने प्रगति विवरणमा पनि वैदेशिक रोजगार सम्बन्धी समस्याहरु हेर्ने गरी छुट्टै प्रहरी युनिट गठन गर्ने तयारी अघि बढाइएको उल्लेख गरेका थिए ।वैदेशिक रोजागरीमा नाममा हुने ठगीलाई नियन्त्रण गर्न वैदेशिक रोजगार मामिला हेर्ने छुट्टै प्रहरी युनिटको आवश्यकता देखिएको मन्त्रालयको ठहर छ । यस्तो युनिट खडा भएपछि वैदेशिक रोजगार विभागलाई म्यानपार कम्पनीको अनुगमन, ठगी मुद्दाको अनुसन्धान र दोषीमाथिक अभियोगपत्र तयार गर्ने लगायतका काम सहज हुने विश्वास गरिएको छ । अहिले विभागले म्यानपावर कम्पनीको अनुगमनमा जाँदा सम्बन्धित क्षेत्रमा रहेका प्रहरीको युनिटसँग सहयोग माग्ने गरेको छ ।

छु्ट्टै प्रहरी युनिट स्थापना भएमा वैदेशिक रोजगारीमा ठगिएकाहरुलाई छिटो न्याय दिलाउन सकिने मन्त्रालयको विश्वास छ । अहिले विभागमार्फत उजुरी लिएर जाँदा प्रक्रियागत झन्झटका कारण पीडितले थप सास्ती भोग्नुपर्ने अवस्था छ । विभागले प्रक्रियागत कारणले तुरुत्तै एक्सन लिन नसक्ने भएकाले प्ररही युनिट स्थापना गरेर उजुरीमाथिको सुनुवाई तत्काल हुने गरी व्यवस्था गर्न खोजिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

महामारी शुरु भएपछि सुस्ताएको वैदेशिक रोजगार क्षेत्रमा अहिले फेरि उत्साह छाएको छ । फेरि विदेशबाट श्रमिकको धेरै माग आउन थालेपछि ठग्न पल्किएका म्यानपावरदेखि दलालसम्म सल्बलाएका छन् ।पछिल्ला दिनमा युरोप र ल्याटिन अमेरिकाका विभिन्न देशमा पठाइदिने भन्दै व्यक्तिगत ठगीका धेरै हुने गरेका छन् । मलेसिया र खाडीमा जाने श्रमिक म्यानपावर कम्पनीबाटै ठगिने गरेका छन् । मौखिक उजुरी लिएर विभाग आउने कतिपय युवाहरु प्रमाण मागिने कारण त्यसै फर्किने गरेका छन् । ग्रामीण क्षेत्रहरुबाट दलालहरुले नै युवा समूहलाई काठमाडौं ल्याइरहेका छन् ।म्यानपावर कम्पनीहरुले युवाको पासपोर्ट जम्मा गरेर राख्ने क्रम झांगिएको छ । विदेश पठाउने भन्दै तुरुन्तै मेडिकल गर्न लगाउने र मेडिकलबाट कमिसन लिने धन्धा पनि मौलाएको छ । माग नै नभएका म्यानपावरले पनि ‘माग छ’ भन्दै युवाबाट पैसा असुल्न अनेकन तिकडम गर्न थालेका छन् ।वैदेशिक रोजगार मामिलका जानकार मधुविलास पण्डित २०७२ सालमा मलेसिया र ६ वटा खाडी मुलुकका लागि लागू भएको ‘फ्रि भिसा, फ्रि टिकट’ नारा व्यवहारिक रुपमा कार्यान्वयन बताउँछन् । उनकाअनुसार विदेशिने कामदारलाई रोजगारदाता मुलुकले नै निःशुल्क भिसा र टिकट दिनुपर्ने नियम कार्यान्वयनमा छैन ।सरकारले म्यानपावर कम्पनीमाथि कडाइ नगर्दा सालना हजारौं युवा लाखौं रकम बुझाएर काम खोज्दै विदेशिन बाध्य छन् । व्यवसायीले कामदारबाट लाखौं रकम उठाएर १० हजार (तोकिएको सेवा शुल्क) को बिल थमाइदिने गरेका छन् । म्यानपावरबाट ठगिएर विदेशमा बिचल्लीमा पर्ने घटना पनि बढ्दो छ ।

विदेशमा जोखिमपूर्ण काम गर्नुपर्ने, भनेअनुसारको तलब नपाउने, कहिल्यै नसोचेको पीडा खेप्नुपर्ने, स्वदेश फर्किन कठिन हुने, कतिपय अवस्थामा जेल-सजाय भोग्नुपर्ने र ज्यानसमेत गुमाउनेसम्मका अवस्थाबाट नेपाली कामदार पीडित छन् ।

ज्यान जोगाएर फर्किएकाहरुले क्षतिपूर्ति पनि नपाउने र पाइहाले पनि पहिला बुझाएको १० हजार सेवा शुल्क फिर्ता पाउने अवस्था छ । यसबाट हजारौं नेपालीको घरबार, सामाजिक प्रतिष्ठा र दैनिक जीवनयापनमा समस्याहरु थपिएका छन् ।भिजिट भिसामा यूएई पठाउने क्रम पनि बढेको छ । यूएईमा पुगेर काम नपाएपछि ठगिएको थाहा पाएका युवा सरकारको सम्पर्कमा आउन थालेका छन् ।

भिजिट भिसमा नाममा ठगी बढेपछि श्रम मन्त्रालयले बिहीबार मात्रै ‘मार्सल टिम’ गठन गरेको छ । श्रममन्त्री श्रेष्ठकाअनुसार पीडितले उजुरी गरेलगत्तै तुरुन्तै एक्सनमा जाने गरी मार्सल टिम बनाइएको हो । मन्त्रालयका उपसचिवसहित प्रहरीको संलग्नतामा मार्सल टिम बनाएर गुनासो सुन्न थालिएको हो ।

Online tv janprabhab
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh