Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

इच्छाराजविरुद्ध सम्पत्ति शुद्धीकरणले मुद्दा चलाउँदै
जिअको आदेश चित्त नबुझेपछि सरकारी वकिलको कार्यालय पनि उच्च अदालत जाने

इच्छाराजविरुद्ध सम्पत्ति शुद्धीकरणले मुद्दा चलाउँदैजिअको आदेश चित्त नबुझेपछि सरकारी वकिलको कार्यालय पनि उच्च अदालत जाने

काठमाडौँ । सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । अनुसन्धानका क्रममा तामाङले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको भेटिएपछि कानुनबमोजिम कारवाहीका लागि विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको सम्पत्ति शुद्धीकारण विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले जानकारी दिए । ‍

‘अनुसन्धान पूरा भइसकेको छ । गत साता नै विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेका थियौं । थोरै प्रक्रिया नसकिएकाले सकिएन,’ उनले भने, ‘सम्भव भए यही साता, नभए पनि अर्को साता मुद्दा दर्ता हुन्छ ।’ मुद्दा दर्ता भइनसकेकाले बिगो मौज्दात रकमबारे उनले खुलाउन चाहेनन् । ‘तामाङलाई मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय, विनिमय अधिकारपत्र, बिमा वा सहकारीसँग सम्बद्ध कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ,’ भट्टराईले भने, ‘अनुसन्धानमा तामाङले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर प्रस्ट रूपमै खुलेको छ । यसकारण पनि विभागले यथाशीघ्र मुद्दा दर्ता गर्न लागेको हो ।’

विभागले दुई वर्षअघि (२०७६ साल) देखि नै तामाङ आबद्ध सिभिल सहकारी र कम्पनीहरूको गतिविधि अनुसन्धान गरिरहेको छ । सोही क्रममा तामाङ, उनकी श्रीमती र छोरीहरूको बैंक खाता र चलअचल सम्पत्तिको कारोबार पनि रोक्का गरेको छ ।

तामाङ र सिभिल सहकारीका अन्य कर्मचारीहरूका सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । अदालतले गत बुधबार थुनछेक आदेश गर्दै तामाङ र सिभिल सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

अदालतले पक्राउ परेका १२ मध्ये अन्य ९ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको थियो । उनीहरूबाट ५० हजारदेखि ५० लाख रुपैयाँसम्म धरौटी माग गरिएको छ । जिल्ला अदालतको आदेश चित्त नबुझेपछि यी १० जनालाई पनि मुद्दाको अन्तिम टुंगो नलागुन्जेसम्म थुनामै राख्नुपर्ने मागसहित आफूहरू उच्च अदालत जाने तयारीमा रहेको सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए । ‘तारेख र धरौटीमा छुटेकालाई पनि मुद्दा अवधिभर थुनामै राख्नुपर्ने मागसहित हामीले छिट्टै उच्च अदालतमा मुद्दा दर्ता गर्दै छौं,’ उनले भने, ‘सम्भव भएसम्म यही साता मुद्दा दर्ता गर्ने योजना छ ।’

सीआईबीले तामाङ र उनका कर्मचारीहरूलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ठगी र संगठित अपराध निवारण ऐन २०७० बमोजिम दोषी ठहर गरेको थियो । तामाङले विभिन्न प्रयोजनका लागि करोडौ रकम आफ्ना कर्मचारीको खातामा जम्मा गर्ने र उक्त रकम आफ्नो तजबिजमा खर्च गर्ने गरेको प्रहरीले फेला पारेको छ । सिभिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले बयानका क्रममा प्रहरीसमक्ष यस्तो बताएका थिए ।

‘सिभिल होटल प्रालिले मेरो खातामा पटक पटक गरी बचत गरी १० करोड २० लाख रुपैयाँ जम्मा गरेको देखिन्छ,’ श्रेष्ठले बयानमा भनेका छन्, ‘उक्त रकम मेरो होइन इच्छाराज तामाङले कम्पनीको आवश्यक प्रक्रिया मिलाउन सिभिल होटलको खाताबाट मेरो खातामा हालिदिएका मात्र हुन् ।’ पूर्वअध्यक्ष तामाङले भने सहकारी संस्थाका बचकर्ताहरूको रकम फिर्ता गर्ने दायित्व आफ्नो नभई संस्थाको भएको बताएका छन् ।

‘संस्थामा बचतकर्ताले राखेको रकम फिर्ता गर्ने मेरो व्यक्तिगत दायित्व होइन, संस्थाको हो,’ प्रहरीसँगको बयानमा तामाङले भनेका छन्, ‘करिब २ हजार १ सय जना संस्थाका बचतकर्ता भएको थाहा पाएको हुँ । बचतकर्ताहरूलाई करिब ७ अर्ब जति रकम तिर्न बाँकी छ । सिभिल होम्सका समेत सबै कम्पनीबाट करिब ५ अर्ब रुपैयाँ सहकारी संस्थालाई तिर्नुर्नेछ ।’

तामाङले धेरै कारोबार गैरबैंकिङ प्रणालीबाट गर्ने गरेको पनि प्रहरीको अनुसन्धानमा देखिएको छ । ‘उनको बैंक खातामा त्यति धेरै कारोबार छैन,’ स्रोतले भन्यो, ‘यसको अर्थ धेरै कारोबार उनले धेरै कारोबार बैंकिङ प्रणालीबाहिरै गरेको देखिन्छ ।’

सिभिल सेभिङ्स एन्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोजमा १८ मा तामाङलाई पक्राउ गरेको हो । उनी आबद्ध सहकारीले २ हजारभन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्रिएको हो । सिभिल सहकारीले २ वर्ष (२०७६ वैशाख) देखि बचतकर्ताको रकम फिर्ता नगरेको बचतकर्ताहरूले बताएका छन् । सहकारीमा सर्वसाधारणको एक लाखदेखि ८ करोड रुपैयाँसम्म बचत छ ।

ठगीमा संलग्न भएको आरोपमा सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिस्टेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना र पूर्वलेखा समिति सदस्य हरिहर लामिछाने र सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाहलाई पनि पक्राउ गरिएको थियो । तीमध्ये तामाङ र केशवलाल श्रेष्ठबाहेक अरू छुटिसकेका छन् ।

२०५७ सालमा स्थापित सिभिल सहकारीमा करिब साढे २ वर्षअघि समस्या सुरु भएको हो । अन्य सहकारीभन्दा महँगो ब्याज दिएर संस्थाले साढे सात अर्बभन्दा धेरै निक्षेप संकलन गरेको थियो । सोही अवधिमा संस्थाले करिब ८ अर्ब रुपैयाँ सिभिल होम्सलाई मात्र कर्जा दिएको छ, जुन कानुनविपरीत हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 week पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh