राैतहट। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकाे सेटिङ र संलग्नतामा राैतहटकाे बेलबिछुवा र ब्रम्हपुरी नाकाबाट ठूलो मात्रामा रक्सीको तस्करी सुचारु भएको छ। रक्सी व्यापारीहरूले दुबै प्रहरीको स्थानीय कार्यालय प्रमुखहरूलाई मिलाएर उक्त तस्करी धन्दा चलाएका हुन ।

रक्सी तस्करीको लाइन पाउनेमा बिरेन्द्र सिंह , निरज सिंह र सुरेश यादव रहेका छन् । उनीहरूले गाेल्डेन ओके , कस्तुरी र साेभिया ब्रान्डका रक्सी बाेरामा प्याक गरि माेटरसाइकल र गाडीको माध्यमबाट भारत तर्फ ठूलो मात्रामा तस्करी गर्दै अाइरहेका छन् ।
यसरी रक्सी तस्करी गर्न छुट दिएवापत व्यापारीहरूले जनही ३५ हजारकाे दरले स्थानीय दुबै प्रहरी युनिटका प्रमुखहरूलाई दिदै आएकाे व्यापारीहरू नै बताउँछन् । त्यसैगरी सशस्त्र प्रहरीका घुमुवाहरूलाई पनि १५ हजारका दरले दिने गरेको पनि खुलेको छ।

















