नेपालगंज । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १७ स्थित सीमा ईलाकाबाट २०७८ मंसिर २७ गते सशस्त्र प्रहरीले करीव ८ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गणबाट खटिएको टोलीले बरामद गरेको सशस्त्र प्रहरीले बताएकाे छ । त्यसबेला उक्त गाडी समेत बरामद गरिएको छ । बरामद गाडीको भन्सार दाखिला मूल्य ५ लाख रुपैयाँ रहेको छ ।
बरामद लत्ताकपडा तथा गाडी स्थानीय भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।

















