काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हाल राष्ट्रिय सभागृहमा जारी छ ।

साढे तीन बजेपछि सुरु भएको मतदान हालसम्म १ हजार ५ सय मत खसेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि सभागृहमा ६ वटा बुथको व्यवस्था गरिएको छ । मतदानस्थलमा दुवै समूहका उम्मेदवारहरू मतदातासँग मत मागिरहेका छन् ।

















