Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पौडेललाई साझा उम्मेदवार प्रस्ताव
देउवालाई पदाधिकारी टुंग्याउन सकस

पौडेललाई साझा उम्मेदवार प्रस्तावदेउवालाई पदाधिकारी टुंग्याउन सकस

काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका केन्द्रीय सदस्यहरूको भेलाले पौडेललाई नै सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको भेलाले वरिष्ठ नेता पौडेललाई आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने कुरामा सहमति जुटाएको हो ।

पार्टी र सत्ताको केन्द्रमा रहेका शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिहरूको अंकगणितमा समेत बलियो बनेपछि संस्थापनइतरलाई साझा उम्मेदवार बनाउन दबाब बढेको छ । शीर्ष नेताहरूबीच सहमति नभएमा हस्तक्षेप गर्ने युवा नेताहरूको भनाइ छ । उनीहरूले नेताहरूलाई विकल्पसहितको सुझाव दिने बताउँदै आएका थिए ।युवा नेताहरूले पौडेललाई सभापतिको उम्मेदवार बनाउने र सभापतिका अन्य आकांक्षीलाई उपसभापति र महामन्त्रीलगायतका पदाधिकारीमा व्यवस्थापन गर्न पनि उनीहरुले सुझाव दिएका छन् ।

छलफल सकेर युवा नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालालाई भेट्न गएका छन् । अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महत प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् भने गगन थापा, धनराज गुरुङ र जीवन परियारलगायतका नेताहरू भने शेखर कोइरालालाई भेट्न गएका छन् ।मंगलबार पौडेल र महामन्त्री शशांक कोइरालाले आकांक्षीद्वय प्रकाशमान र शेखर एक भएर आएमा आफूहरूले छाडिदिने बताएका थिए ।

बुधबार दिनभर भएका छलफलमा शेखर र प्रकाशमानले अडान नछाडेपछि साँझ पौडेल भावुक अभिव्यक्ति दिएर गणेशमान निवास चाक्सीबारीबाट बिदा भएका थिए । प्रकाशमानले उमेरमा शेखर दाइ भए पनि राजनीतिमा आफू सिनियर भएको दाबी गर्दै सभापतिमा आफूलाई उठाउनुपर्ने माग गरेका छन् । उनले सधैं गणेशमान सिंहको परिवारले त्याग गरेको उल्लेख गर्दै यसपटक कोइरालाले परिवारले त्याग गर्नुपर्ने पनि बताएका छन् ।कांग्रेस सभापतिका प्रत्याशी शेखर कोइरालाले प्रकाशमान सिंहले दाबेदारी छाडे रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएका छन् ।

बिहीबार बिहान पौडेल निवास बोहोराटार पुगेर कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्थामा आफ्नो समर्थन हुने बताएका हुन् । शेखरले पौडेललाई ‘तपाईं सबैको साझा उम्मेदवार हुनुहुन्छ भने म छाड्दिन्छु’ भनेका थिए ।प्रकाशमान सिंहले सभापति पदको दाबेदारी नछाडेको अवस्थामा भने आफूलाई सहयोग गर्न शेखरले पौडेलसमक्ष आग्रह गरेका थिए ।

कांग्रेस सभापतिका प्रत्याशी शेखर कोइरालाले प्रकाशमान सिंहले दाबेदारी छाडे रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएका छन् । बिहीबार बिहान पौडेल निवास बोहोराटार पुगेर कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्थामा आफ्नो समर्थन हुने बताएका हुन् । शेखरले पौडेललाई ‘तपाईं सबैको साझा उम्मेदवार हुनुहुन्छ भने म छाड्दिन्छु’ भनेका थिए । प्रकाशमान सिंहले सभापति पदको दाबेदारी नछाडेको अवस्थामा भने आफूलाई सहयोग गर्न शेखरले पौडेलसमक्ष आग्रह गरेका थिए । उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रकाशमान सिंहले छाडे म तपाईंलाई छाड्दिन्छु, उहाँले छाड्नु भएन मलाई सहयोग गर्नुहोस् ।’

मंगलबार पौडेल र महामन्त्री शशांक कोइरालाले आकांक्षीद्वय प्रकाशमान र शेखर एक भएर आएमा आफूहरूले छाडिदिने बताएका थिए ।बुधबार दिनभर भएका छलफलमा शेखर र प्रकाशमानले अडान नछाडेपछि साँझ पौडेल भावुक अभिव्यक्ति दिएर गणेशमान निवास चाक्सीबारीबाट बिदा भएका थिए । प्रकाशमानले उमेरमा शेखर दाइ भए पनि राजनीतिमा आफू सिनियर भएको दाबी गर्दै सभापतिमा आफूलाई उठाउनुपर्ने माग गरेका छन् । पौडेलले भने नेताहरूबीच सहमति नजुटेर सबै उठ्ने भन्ने हो भने राजनीति नै छोड्ने बताएका छन् ।

नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा आफ्नो दाबी कायमै रहेको बताएका छन् । कांग्रेसलाई विधि विधान अनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी बनाउन सभापतिमा आफूले दाबी गरेको उनले बताए । कांग्रेसको संस्थापनइतर समूहमा सभापति पदका आकांक्षीहरुले आफ्नो दाबी नछाड्दा उम्मेदवार टुंगो लगाउन सकस परिरहेको बेला सिंहको यस्तो भनाइ सार्वजनिक भएको हो ।

कांग्रेस सभापतिमा दोहोरिने प्रयासमा रहेका शेरबहादुर देउवालाई आफ्नो समूहभित्र पदाधिकारीको टुंगो लगाउन सकस भएको छ । समूहभित्र उपसभापति र महामन्त्रीका आकांक्षी धेरै भएको र चुनाव जित्नका लागि यी पदमा अर्को कुनै समूहका नेतालाई तान्नुपर्ने बाध्यताले उनी अप्ठ्यारोमा परेका हुन् । बालुवाटारमा मंगलबार ७ वटै प्रदेशका आफूपक्षीय वरिष्ठ नेतासँग बैठक गरेर देशभरिको अवस्था बुझेका देउवाले बुधबार निजी निवास बूढानीलकण्ठमा केन्द्रीय कार्यसमितिमा रहेका आफूपक्षीय नेतालाई परामर्शका लागि बोलाएका थिए ।

उनको समूहमा वर्तमान उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का उपसभापतिका आकांक्षी छन् । अर्को कुनै समूहसँग समीकरण गर्नुपर्ने अवस्थामा देउवासामु खड्का वा गच्छदारमध्ये एक जनालाई रोज्नुपर्ने बाध्यता छ । महामन्त्रीको टुंगो लगाउन अझ बढी सकस छ । प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउद र रमेश लेखकले महामन्त्रीमा दाबी गरिरहेका छन् । सभापति शेरबहादुर देउवाले काँग्रेसको १४ औं महाधिवेशनमा सकभर सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयत्न भइरहेको बताएका छन् ।

नेपाली काँग्रेसका लागि पार्टीको यो महाधिवेशन अत्यन्तै महत्वपुर्ण छ’, सभापतिका लागि उम्मेद्वार घोषणा गरिसकेका देउवाले भने, ‘हामी भरसक सहमतिका साथ जान्छौ, केही लागेन भने प्रजातान्त्रिक तरिकाले अधिवेशनमा प्रतिस्पर्धा पनि होला ।’ उनले प्रतिस्पर्धामा स्वभाविक रुपमा जितहार हुने भएपनि त्यसलाई सामान्य रुपमा लिनुपर्ने बताए । ‘प्रतिस्पर्धाबाट जीतहार हुन्छ ।

यसमा जित्नेले हार्नेको सहयोग र हार्नेले जित्नेको सहयोग लिने सामान्य प्रक्रियाका रुपमा लिनुपर्छ’, देउवाको भनाई छ । उनले प्रतिस्पर्धालाई कटुताका रुपमा नलिन समेत आग्रह गरे । देउवाले काँग्रेसको महाधिवेशन पार्टीका लागि मात्रै नभएर नेपालकै प्रजातान्त्रिक भविस्यका लागि पनि अत्यन्तै महत्वपुर्ण हुनसक्ने बताए ।

Tags: नेपाली कांग्रेस ## अधिवेशन ## देउवा vs पौडेल
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh