लहान । सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता बाहिनीले अबैध कार्य बिरुद्ध अभियान संचालन गरेको छ ।नयां नेतृत्व आए पश्चात तस्करीजन्य कार्य नियन्त्रणमा थप आक्रामक बनेको सशस्त्र प्रहरी बल नेपालको नं २ छिन्नमस्ता बाहिनी क्रमश: बिभिन्न उपलब्धि हासिल गरेको देखिन्छ । गत डेड महिनामा करिव १० करोड बराबरको अबैध सामान बरामद गरेको तथा तस्करी नियन्त्रणमा ब्यापक परिचालन पश्चात राजश्व असुलिमा उल्लेख्य सुधार भएको तथ्याङ्क भन्सार कार्यालयहरु बाट बुझिएको छ ।

गत असोज महिनाको लागि १७,०१,३४,११,५०० (सत्र अर्ब एक करोड चौतिस लाख एघार हजार पांच सय) अनुमानित लक्ष्य तोकिएको २ नं प्रदेशको बिभिन्न भन्सार कार्यालयहरु बाट लक्ष्य भन्दा ३ अर्ब ९१ करोड बढी २०,९२,४७,४५,७०४ (बिस अर्ब ९२ करोड सटचालिस लाख पैतालिस हजार बढी) राजश्व संकलन गर्न सफल भएको तथ्याङ्कले देखाउछ ।
राजश्वको बृद्धि यो महिना समेत २०% भन्दा बढी उठ्ने संकेत देखिएको तर अन्तिम डाटा आउन बाकी रहेको अवस्था छ । यस बाहेक बिभिन्न खालका लागु औषध सहित ११ जना ब्यक्ति पक्राउ, ललाइ फकाइ भारत लाग लागेका ४ बालिकाहरु सहित ४ ब्यक्ति पक्राउ, तिहार लगाएत चाडपर्बको अवसरमा ४ लाख भन्दा बढि मुल्यको बिभिन्न खाले पटकाहरु बरामद गरि नष्ट, बिपद तथा सडक दुर्घटनामा उद्धार कार्यमा परिचालन लगाएतका कार्यमा सहभागि भएको देखिन्छ ।
सुचनाको प्रभावकारी परिचालन पश्चात गत कार्तिक २८ गते बाट सबै जिल्लाहरुमा लगाइएको गांजा फडानि सुरु गरेको सशस्त्र प्रहरीले संयुक्त रुपमा महोत्तरी र सर्लाहिको करिव १४ बिगाहामा लगाइएको जांगा नष्ट गरेको छ । यस क्रममा करिव १० ट्रक गांजा नष्ट गरेको बाहिनी श्रोतले बताएको छ ।
बाहिनी श्रोतका अनुसार यो अभियान अन्य जिल्लाहरुमा समेत निकट भविश्यमा संचालन गर्ने गरि कयौ बिगाहामा लगाइएको गांजा नष्ट गरिने योजना रहेको बताइएको छ । यस अलावा यो अबधिमा पर्सा, बारा, सप्तरी, महोत्तरी लगाएका जिल्लाका बिभिन्न स्थानबाट करिव २५० केजि भन्दा बढी तैयारी गांजा, २२ केजि चरेस तथा ब्यक्तिहरु पक्राउ गरि नेपाल प्रहरीलाई बुझाएको छ । कार्तिक २८ मा महोत्तरीको एकडाडा इलाकाबाट ४४ केजि तथा आज कार्तिक ३० गते राति बाराको बनौलि इलाकाबाट थप ४० केजि गांजा सो बलले बरामद गरेको छ ।
भरपर्दो सुचना तथा प्रभावकारी परिचालनको कारण बिभिन्न जिल्लाको विभिन्न स्थानबाट चोरी तस्करीबाट ल्याउदै गरेको तथा लुकाइ छिपाइ राखेको करिव ५०० क्यु फिट काठ बरामद गरि विभिन्न वन कार्यालयहरुमा बुझाएको छ ।
यसै क्रममा कार्तिक २९ गते रौतहट बृन्दाबन नगरपालिका ६ इसा महमद्को घर इलाकाबाट ११ गोलिया (३३ क्यु फिट) तथा ६९.२४ क्यु फिट चिरान काठ बरामद गरि वन कार्यालय चन्द्रपुरमा बुझाएको छ ।

















