काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा दर्ता गरेको छ। विभागले आज एक सूचना जारी गरी ती कम्पनी र व्यवसायीविरुद्ध दुई अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ।
विभिन्न मितिमा दायर मुद्दामा झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा ती फर्मका सञ्चालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तबाट दुई अर्ब ३६ करोड ४५ लाख रुपैयाँ विगो असुलउपर गरी जरिवाना र कैद सजायको माग गरिएको छ। सबै मुद्दा उच्च अदालत पाटनमा दर्ता गरिएको जनाइएको छ।

















