काठमाडाैं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले २०७८ कार्तिक १६ गते पूर्वी कमाण्ड हे.क्वा. हिले तथा बरख गणको निरीक्षण भ्रमण गरेका छन् ।
भ्रमणको दौरान प्रधान सेनापतिबाट कमाण्ड हे.क्वा.मा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना र प्रदेशहरुसँगको समन्वयको व्यवस्था लगायतका विषयहरुमा जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गरिएको थियो ।

















