काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको र कतिपयले महाभियोग लगाउनुपर्ने आवाज उठाईरहेको बेला अध्यक्ष नेपालले आफ्नो पार्टी महाभियोगको विपक्षमा रहेको स्पष्ट पारेका हुन् ।
अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘अहिले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने पक्षमा हाम्रो पार्टी छैन् । यो न्यायालयको समस्या हो, उहाँहरुले नै समाधान गर्ने हो ।’ अध्यक्ष नेपालले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा पनि नमाग्ने बताएका छन् । उता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि हिजो चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनेबारे पार्टी वा गठबन्धन कतैपनि चर्चासमेत नभएको स्पष्ट पारेका थिए ।

















