संखुवासभा । संखुवासभा मादी नगरपालिका १ तिनजुरे स्थित भित्री कच्चि सडक खण्डमा ट्यक्टर भिरबाट खसेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुरास नगरपालिका १ घुर्मुसे का ३७ बर्षीय रमेश दाहाल रहेका छन् ।
हिजो बिहानको राती १ बजे टुटेबाट गुफा तर्फ जादै गरेको ON TEST ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बाँयाँ अन्दाजी ३०० मिटर तल भिरमा खसि दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमानै मृत्यु भएको छ ।

















