चितवन । नेकपा एकिकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले अपराधीलाई साथ दिनुभन्दा बेइमानलाई साथ दिएको गर्व महशुस गरेकी छिन् ।आइतबार चितवनमा नेकपा एकिकृत समाजवादी पार्टीको रत्ननगर कमिटी घोषणा सभामा राजनीतिक अपराधी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिनुभन्दा बेइमानी नै भएपनि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई साथ दिनु गर्व रहेको बताइन् ।रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक अपराधी भएको आरोप लगाएकी छिन् । लोकतन्त्रको मर्मविपरीत पटक पटक संसद विघटन गरेको भन्दै ओली राजनीतिक अपराधी भएको उनले आरो लगाइन् ।
झाँक्रीले ओली अपराधी भएको र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बेइमान भएकोमा आफूले अपराधीलाई साथ दिनुभन्दा बेइमानलाई साथ दिएको जिकिर गरिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !