काठमाडौं । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । शुक्रबारको निर्णयअनुसार प्रजिअकाे सरुवा भएको हो । सरुवाअनुसार कास्कीको सिडिओमा जयनारायण आचार्यलाई पठाइएको छ । कास्कीमा सिडिओ रहेका थानेश्वर गौतमलाई सात महिना पनि नपुगी त्यहाँबाट हटाइएको छ ।
यसैगरी गृहका सहसचिव कमलराज ढकाललाई भोजपुर, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुशील बैद्यलाई लमजुङको सिडिओमा खटाइएको छ ।
महोत्तरीमा वासुदेव दाहाल, डोटीमा शंकर बहादुर विष्ट, डडेल्धुरामा मोहनराज जोशी, रसुवामा नवराज जैसी, म्याग्दीमा चिरञ्जिजी राना, मुगुमा रोम बहादुर महत, तेह्रथुममा अनुज घिमिरे तथा मनाङमा रविन्द्र आचार्यको सरुवा भएको छ । कतिपय सिडिओको १३ महिना हुँदा समेत सरुवा भएको छ भने केहीलाई ६–७ महिनामै हटाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !