काठमाडौं। दरबारमार्गको शेर्पा मलमा अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्ट ‘हार्ड रक क्याफे’ संचालनमा आउने भएको छ। बर्गरका लागि विश्वप्रसिद्ध हार्ड रक क्याफेको नेपालमा यो पहिलो रेस्टुरेन्ट हो। सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरुको संग्रह मेमोराबिलिया साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेलका साथमा आफ्नो नयाँ शहरप्रति प्रस्तुति पनि पेश गर्ने जारी विज्ञप्तिमा जनाएको छ।क्याफेको सपिङ आउटलेट तयार भएर सञ्चालनमा आएको छ।
रेस्टुरेन्ट छिटै सञ्चालनमा ल्याउन सजावटको काम अन्तिम चरणमा छ।शेर्पा मलको पहिलो र माथिल्लो तल्लामा संचालनमा आएको रेष्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ, जहाँ बसेर दरबार मार्गको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिनेछ।
क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण भनेकै बर्गर हो, जसको लागि हार्ड रक प्रसिद्ध छ। यी बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन-रिपेन्ड टमाटर भएको प्रख्यात बर्गर समेत छ, जसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टेक ससका साथ उपलब्ध गराइने क्याफेले जनाएको छ।
यसैगरी मेनुमा ग्रिल्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सिमी र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ भने स्याण्डविचहरु बार्बेक्यू गरिएको चिकन वा ग्रील्ड हनी मस्टर्ड चिकन सबै सिजनिङ गरेर वा चीज फ्राई गरेर पस्किने जनाएको छ।
मेनुमा संलग्न परिकारहरुमध्ये एक आकर्षण बेबी ब्याकपोर्क रिब्स् पनि हुनेछ, जुन खास गरेर हार्ड रक क्याफे काठमाडौंका लागि डेनमार्कबाट झिकाइएको छ।
त्यस्तै क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको नयाँ ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुईं कटहरको जुस र चक्काको ब्लेण्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथतयार पारिएको हुन्छ, त्यो लगायत बूजी मिल्क सेकहरु र मौलिक कक्टेलहरुसहितका उत्कृष्ट बियर र वाइनहरुको चयन रहने क्याफेको विज्ञप्तिमा छ। यो क्याफेको आकर्षणमा परिकार र चप शपमा किनमेलपनि छ। हार्ड रक क्याफे काठमाडौंमा १०० जना स्थानीय कामदारहरु छन् ।
यहाँका धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत् आपूर्ति गरिन्छन्। आर्थिक अवस्था खस्किरहेको वर्तमान समयमा हार्ड रक क्याफे काठमाडौंले समुदायमा ठूलो लगानी गर्दैछ। ‘सन् २०२१ भित्रमा नै हार्ड रक क्याफे काठमाडौं संचालनमा ल्याउनु हाम्रा साझेदारहरुका लागि ठूलो चुनौती भएको छ, र हामी अन्ततः यो सुन्दर, मनोरम नगरी काठमाडौंमा यसप्रकारको प्रख्यात क्याफे संचालन गरिएको घोषणा गर्न पाउँदा गौरवको महसुस गरेका छौं,’ हार्ड रक इन्टरनेशनलका फ्रेन्चाइज अपरेसन्सका उपाध्यक्ष एनिबल फर्नान्डेजले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया !