काठमाडौं । शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरु सुरु देखिनै आक्रामक रुपमा प्रस्तुत भए।सदन अवरोध गर्न खोजेपनि सभामुख अग्निप्रसाद सापकोटाले भने सदनका काम कारवाही अघि बढाइरहे।
त्यही क्रममा एमाले सांसद रेखा झाले माइक झिकेर प्रहार गर्न खोजिन्। झाले सभामुख सापकोटाले संसदको मर्यादा नराख्दा आफूले माइक झिकेर टाउकोमा हान्न खोजेको बताएकी छन्। संसद् भवनबाट बाहिरिँदै गर्दा उनले भनिन्, ‘टाउको फुटाउने मन थियो।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !