बुटवल । प्रदेशसभा सदस्यबाट पदमुक्त लुम्बिनीका तीनजना सांसदले पुनर्वहालीको माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सोमबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले तत्कालका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
जनता समाजवादी पार्टीका सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेयले सांसद पदमा पुनर्वहालीको माग राख्दै रिट दायर गरेका थिए । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै भदौ ८ गते छलफलका लागि बोलाइएको बताएका छन् ।
अन्तरिम आदेश नदिएपछि तीन सांसदको पद तत्कालका लागि थमौती भएन । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि पार्टिको निर्णयविपरित सरकारमा सहभागी भएको भन्दै केन्द्रीय समितिले निर्णय गरी यी सांसदलाई कारवाही गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !