नयाँदिल्ली । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । खनालको दिल्ली स्थित एप्पोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको हो ।
उनको डा.सन्दिप गुलिरया नेतृत्वको चिकित्सकको टोलीले मिर्गौला प्रत्यारोपण गरेको सचिवालयले जनाएको छ । खनालले केही समय अस्पतालमै आराम गर्ने र स्वास्थ्य स्थिती सामान्य भए पश्चात नेपाल फर्किने सचिवालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !